Techie IT
२०८२ भदौ २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलफुटसल प्रतियोगिता आयोजना गर्दै ‘दारी ग्याङ’

फुटसल प्रतियोगिता आयोजना गर्दै ‘दारी ग्याङ’


काठमाडौँ । सामाजिक क्षेत्रमा सक्रिय युवाहरूको समूह दारी ग्याङले ‘दारी ग्याङ फुटबल प्रतियोगिता–२०८१’ आयोजना गर्ने भएको छ । ‘परोपकारका लागि फुटसल’ भन्ने नाराका साथ भदौ १४ र १५ गते फुटसल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत दुईदिने प्रतियोगितामा देशभरका कुल ३२ टिमले सहभागिता जनाउने जानकारी दिए । प्रतियोगितामा सहभागी ३२ टिमलाई समूहमा विभाजन गराई लिग संरचनामा प्रतिस्पर्धा गराउने आयोजकले बताए ।

त्यसपछि क्रमशः प्रिक्वार्टर, क्वार्टर र सेमीफाइनल हुँदै फाइनलमा दुई टिमले उपाधिका निम्ति प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी हुने टिमले पाँच हजार रुपैयाँ ‘इन्ट्री फि’ तिनुपर्नेछ ।

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता बूढानिलकण्ठस्थित कान्तिपुर फुटसल एन्ड टे्रनिङ सेन्टरमा सञ्चालन हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप

काठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं

Techie IT