Techie IT
२०८२ भदौ २, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसांसद भट्टराईले प्रतिनिधिसभामा जनयुद्ध ‘हिंसा’ भएको टिप्पणी गरेपछि…

सांसद भट्टराईले प्रतिनिधिसभामा जनयुद्ध ‘हिंसा’ भएको टिप्पणी गरेपछि…


काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रतिनिधिसभाको बैठकमा जनयुद्ध ‘हिंसा’ भएको भनी टिप्पणी गरेपछि विवाद उत्पन्न भएको छ ।

विशेष समयमा बोल्दै गर्दा भट्टराईले डेडिकेटेड फिडर र ट्रकलाइन महसुल विवादमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलवार गरेको सम्बोधनबारे जवाफ दिँदै गर्दा उनले जनयुद्धलाई हिंसा भनी टिप्पणी गरेका थिए । उनको टिप्पणीपछि माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले नियमापत्ति गरेका थिए । सभामुख देवराज घिमिरेले उनको नियमापत्तिबारे सोधे । लगत्तै माओवादीका सबै सांसदहरू भट्टराईको शब्द चयनप्रति असन्तुष्टि जनाउँदै उठेर विरोध गर्न थाले ।

एकाएक सबै सांसद उठेर संसद् अवरोध गर्न थालेपछि सभामुखले माओवादीका तर्फबाट देवेन्द्र पौडेललाई समय उपलब्ध गराए । पौडेलले संसद्‌मा बोल्दा एमाले सांसद भट्टराईले जनयुद्धको अपमान गर्दै संसदीय मर्यादा उल्लङ्घन गरेको दाबी गरे । उनी बोल्न थालेपछि एमालेका सांसदहरू पनि उठेर होहल्ला गर्न थाले । एमाले र माओवादी दुवै दलका सांसदहरू उठेर हो हल्ला गर्न थालेपछि सभामुख घिमिरेले सम्झाउन थाले । उनले एमाले सांसद रघुजी पन्तलाई समय दिए । त्यसअघि सांसद भट्टराईले संसद्‌मा बोल्न नदिनु पनि हिंसा भएको भनी टिप्पणी गरेपछि माओवादी सांसदहरू झन् आक्रोशित भएका थिए ।

पन्तले समय पाएपछि माओवादीले सञ्चालन गरेको जनयुद्धमा मानिसहरूको ज्यान पनि गएकाले त्यो हिंसा भएको भनी हिंसा शब्द असंसदीय नभएको दाबी गरे । तर उनको भनाइले संसद्‌मा झन् विवाद सुरु भयो । सभामुखले सांसद भट्टराईको शब्दमा छानबिन गर्न आफूले सचिवालयलाई निर्देशन दिएको जानकारी समेत गराए । तर माओवादी सांसदहरू संसद् सञ्चालन गर्न दिन तयार नभएपछि केहीबेर वादविवाद जारी रह्यो ।

माओवादी सांसद सापकोटाले आफूले बोल्न खोज्दा समय नपाएको तर सत्ता पक्षका सांसद पन्तलाई समय उपलब्ध गराएको भनी आपत्ति जनाइरहे । त्यसपछि सभामुखले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिए । सभामुखले कुन नियम अन्तर्गत नियमापत्ति हो भनी प्रश्न गरे । प्रमुख सचेतक पाण्डेले नियम २६ पढेर सुनाए ।

उनले नियमापत्ति पछि सभामुखले निर्देशन दिनुपर्ने अनिमात्र संसद् चल्ने उनले सुनाए । उनीपछि सभामुखले फेरि निर्देशन दिएको जानकारी दिँदै माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीलाई सात मिनेटको समय दिएको घोषणा गरे । लगत्तै माओवादी सांसदहरू बसे अनि संसद् पुनः सुरु भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

र्‍यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा

पोखरा, साउन ३१ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको…

काठमाडौं । कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा रहेको नेपाली दूतावासका

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि

नेपालका मुल संकटहरु, सबैको मूल जड नै नैतिकताको अभाव

नैतिकता भन्नाले सच्चा कुरा बोल्नु, राम्रो व्यवहार गर्नु, गलत काम नगर्नु, अरूको सम्मान गर्नु, इमानदार हुनु र आफ्नो कर्तव्य पुरा

गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि,

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

Techie IT