Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठAustraliaसेप्टेम्बरमा अष्ट्रेलियाको पर्थमा नेपाल महोत्सव

सेप्टेम्बरमा अष्ट्रेलियाको पर्थमा नेपाल महोत्सव


सिड्नी । अष्ट्रेलियाको पर्थमा नेपाल महोत्सव हुने भएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा अष्ट्रेलियाका सहरहरुमा गर्दै आएको नेपाल महोत्सवको अर्को संस्करण आगामी सेप्टेम्बर १४ तारिख पर्थमा हुन लागेको हो ।

एनआरएन वेष्टर्न अष्ट्रेलियाको आयोजनामा गरिने नेपाल महोत्सवको उद्देश्य यहाँ हुर्किदै गरेको नेपालीको पछिल्लो पुस्तालाई नेपाली भाषा, संस्कृति, भेषभुषाबारे जानकारी गराउनुका साथै नेपालको पर्यटन क्षेत्रमा योगदान दिनु हो । यसका साथै एउटै ठाउँमा बसोबास गर्दै आएका नेपाली नेपालीबीच भाइचाराको अभिवृद्धि गर्न पनि नेपाल महोत्सवको महत्वपूर्ण योगदान दिँदै आएको छ ।

नेपाल महोत्सव पर्थ २०२४ लाई सफल बनाउन यसका संयोजक एवं एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष शेखर घिमिरेसहित पूरै एनआरएन वेष्टर्न अष्ट्रेलियाको टिम सक्रियताका साथ लागेको छ । नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलियासहित संस्था, क्लब र व्यवसायीहरु यतिबेला सेप्टेम्बर १४ को नेपाल महोत्सवलाई लिएर उत्साही छन् ।

यसपटकको नेपाल महोत्सवमा अजी फाइनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ । नेपाल महोत्सवलाई सिटी अफ पर्थ, वेष्टर्न अष्ट्रेलिया बहुसांस्कृतिक मन्त्रालयले पनि आर्थिक सहयोग गरेको छ ।

नेपाल महोत्सव आयोजक समिति एवं एनआरएन डब्लूएका संयोजक शेखर घिमिरेका अनुसार, नेपाल फेष्टिभलमा वेष्टर्न अष्ट्रेलिया राज्य सरकारका उच्चपदस्थ अधिकारीहरु सहभागी हुने पक्का भइसकेको छ । नेपाल महोत्सवमा सहभागी हुन अष्ट्रेलियाका विभिन्न राज्यबाट एनआरएनका अभियन्ताहरु, सामाजिक व्यक्तित्व, नेपाली समुदायका अगुवाहरु पनि आउने तय भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी

सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा कुँवरले ६ हजार ८३९

सन्दीप भुसालद्वारा एनआरएनए नर्दर्न टेरिटोरीको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

सिड्नी । गैर आवासिय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुषालले नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा उम्मेद्‍वारी घोषणा

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाए

सिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष

अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?

काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही

Techie IT