Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनभक्तपुरमा लोपोन्मुख मुकुन्डो नाच देखाईयो

भक्तपुरमा लोपोन्मुख मुकुन्डो नाच देखाईयो


काठमाडौँ। लोपोन्मुख अबस्थामा रहेका भक्तपुरका विभिन्न मुकुन्डो नाचलाई एक समारोहबीच प्रस्तुत गरिएको छ। भक्तपुरका पुरातन नृत्यहरुको प्रवर्धन गर्ने उदेश्यका साथ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा – प्रतिष्ठान नृत्य बिभागले भक्तपुरमा ‘मुकुन्डो नृत्य प्रस्तुति २०८०’ आयोजना गरिएको छ।

सोही कार्यक्रममा त्यहाँका मुकुन्डो नाचबारे अन्तरक्रियासँगै विभिन्न मुकुन्डो नाच प्रस्तुत समेत गरिएको छ। परिषद् सदस्य एवम् नृत्य विभाग प्रमुख प्राज्ञ बखत बहादुर हमालको सभापतित्वमा हिजो सम्पन्न सो कार्यक्रममा उद्घाटन बागमती प्रदेश कृषि तथा पशुपन्क्षी मन्त्रालयका मन्त्री डा. राजेन्द्रमान श्रेष्ठलेद्धारा गरियो।

कार्यक्रमको उद्घाटन समारोहमा स्थानीय मौलिक स्वागत नृत्यको रुपमा कुमारी नृत्य प्रस्तुत गरियो। नृत्य निर्देशक संघका केन्द्रीय सचिव ऋषिकेश श्रेष्ठले स्वागत मन्तव्य राख्दै भक्तपुरका नृत्यको अबस्थाबारे प्रकाश पारे। स्वाग नृत्य स्वरुप कुमारी नृत्यबाट कार्यक्रम सुरु भएको थियो।

त्यसपछि समारोहमा करिब दुई घन्टा विभिन्न मुकुन्डो नाचहरु स्थानीय कलाकारद्धारा प्रस्तुत गरियो। समारोहमा महाकाली, भुत भैरव, नागचा प्याख, माक प्याख, महालक्ष्मी नृत्य जस्ता मुकुण्डो नृत्यहरु प्रस्तुत गरिएको थियो।

कार्यक्रममा बागमती प्रदेश कृषि तथा पशुपन्क्षी मन्त्रालयका मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले यस्ता नृत्यहरुलाई सँरक्षणसँगै प्रवर्धन गर्नु पर्ने सुझाब दिए। उनले सदियौंदेखि प्रस्तुत हुँदै आएका यस्ता नृत्यलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु पर्ने पनि उनले बताए।

मध्यपुर थिमी नगरपालिकाका उप–मेयर बिजयकृष्ण श्रेष्ठले पनि नगरपालिकाका तर्फबाट यस्ता नृत्यहरु सँरक्षण गर्न पहल गर्ने बताए। यस्तै नृत्यशास्त्री सस्कृतिकर्मी भैरवबहादुर थापा हाम्रो संस्कृति धरहरा नै हाम्रो सम्पत्ति भएकाले यस्ता नाचहरुको जगेर्ना गर्नुपर्छ भने।

कार्यक्रममा श्रीगोपाल प्रजापति, मध्यपुर थिमी ४ नम्बर वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठ ,नृत्य निर्देशक संघ नेपाल केन्द्रीय समितिका महासचिव नृपध्वज खत्री, उपाध्यक्ष प्रदिपमान श्रेष्ठले मुकुन्डो नृत्यको महत्व र अबस्थाबारे चर्चा गरे।

सो समारोहका सभापति एवम् नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवम् नृत्य विभाग प्रमुख बखत बहादुर हमालले मुकुन्डो नृत्यबारे बोल्दै परम्परागत रुपमा गरिदै आएका नृत्यहरु मनोरञ्जनलागि अनुष्ठानविधी पुर्वक प्रस्तुत गरिनु पर्ने बताए। यस्ता धेरै नृत्यहरुको पुस्तान्तरण सङ्गै अभिलेखिकरण गरि हाम्रा भौतिक तथा अभौतिक सम्पदाहरुको संरक्षण र गर्न प्रतिस्ठान लागि पर्ने उनले बताए। त्यसका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरी प्रतिष्ठान जनता सङ्ग जोडिन् सुरु गरेको पनि उनले बताए।

सो कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ टीका पुन, प्राज्ञ हिसन बहादुर मगरले पनि शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको सहजीकरण प्राज्ञ शान्ति कठायतले गरेकी थिइन्। सो कार्यक्रमको ब्यबस्थापन भक्तपुर जिल्ला नृत्य निर्देशक संघ नेपालले गरेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

Techie IT