Techie IT
२०८२ भदौ २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिलागुपदार्थ दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाऔँ: माधव नेपाल

लागुपदार्थ दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाऔँ: माधव नेपाल


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लागुपदार्थ दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले लागुपदार्थ दुर्व्यसनी र दुर्व्यसनीका व्यापार गर्नेहरुको सञ्जाललाई समाप्त बनाउनुपर्ने बताए । उनले सबै इमान्दार भएर लागे अपराधजन्य गतिविधि नियन्त्रण गर्न सकिने बताए । उनले अपराधीहरुको कसैले पनि संरक्षण गर्न नहुने उल्लेख गरे ।

अध्यक्ष नेपालले भने, ‘त्यस्ता अपराधीहरुलाई कसैले पनि संरक्षण गर्ने होइन, तिनीहरु नयाँ पुस्तालाई प्रभाव पार्न, नेपाली समाजलाई खत्तम पार्न, पैसा कमाउने नाममा अत्यन्त अपराधपूर्ण काममा संलग्न हुने अपराधीहरु हुन् । त्यस्ता अपराधीलाई कसैले पनि छुट दिने, सहानुभुति दिने काम गर्नु हुँदैन । दुर्व्यसनीमा फसेकालाई सुधार्ने कोशिस गर्नुपर्छ ।’

अध्यक्ष नेपालले कुनै चुनौतिलाई स्वीकार गर्नसके सबैकुरामा सफल हुन सकिने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा…

नेपालको पश्चिमोत्तर सिमाना—लिपुलेख, कालापानी र लिम्पियाधुरा—केवल भूगोलका सीमारेखा मात्र होइनन्, यी नेपाली सार्वभौमिकताको गहिरो पहिचान हुन्। इतिहास, भूगोल, संस्कृति र

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

Techie IT