गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ इजरायली सेनाको आक्रमणमा ४० प्यालेस्टिनीको मृत्युइजरायली सेनाको आक्रमणमा ४० प्यालेस्टिनीको मृत्यु नेपालीपत्र मंगलबार, २०८१ भदौ २५ गते, १२:१० मा प्रकाशित अन्तर्राष्ट्रिय काठमाडौँ । प्यालेस्टाइन स्थित दक्षिणी गाजाको खान युनिस क्षेत्रमा इजरायली आक्रमणमा परी ४० जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।सोमबार राति भएको सो आक्रमणमा ६० जना भन्दा बढी घाइते भएका हमासद्वारा सञ्चालित नागरिक सुरक्षा प्राधिकरणले जनाएको छ ।इजरायली सेनाले आफ्नो विमानले हमास लडाकुको खान युनिसमा रहेको अपरेशन सेन्टरमा आक्रमण गरेको र सर्वसाधारणलाई क्षति नपुगोस भनेर सावधानी अपनाइएको जनाएको छ । उता हमासले भने खान युनिस शहरको पश्चिममा रहेको मानवीय क्षेत्र अल–मावासीका लागि बनाइएका टेन्टलाई लक्षित गरी इजरायलबाट तीनवटा आक्रमण गरिएको दाबी गरेको छ ।इजरायली रक्षा बल (आईडीएफ) का प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै सेनाले खान युनिसको मानवीय क्षेत्रभित्र रहेको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरमा सक्रिय हमासका महत्वपूर्ण आतङ्ककारीमाथि आक्रमण गरेको बताएका छन् । गत वर्ष अक्टोबर ७ मा हमासका लडाकुले इजरायलभित्र पसेर १२ सय जना इजरायली नागरिकको क्रुर तरिकाले हत्या गरेका थिए भने २ सय ५० इजरायलीलाई अपहरण गरेका थिए । त्यसपछि इजरायलले हमास माथि आक्रमण शुरु गरेको हो । इजरायलको आक्रमणमा ४० हजार प्यालेस्टिनी नागरिकको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । #प्यालेस्टाइनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ कर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्ट २ ज्यान मार्ने धम्की दिँदै पन्ध्र लाख फिरौती माग्ने तीनजना पक्राउ ३ रङ्गेली महाशिवरात्रीमा रिलिज हुने ४ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद ५ पूर्वप्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागू हुनेगरी सांसद पदबाट राजीनामा दिए ६ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ७ ब्राजिलमा चक्रवाती आँधीकाे कहर, हालसम्म ११ जनाको मृत्यु, २० जना बेपत्ताThe Film Nepal