Techie IT
२०८२ वैशाख २१, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालपश्चगामी सोचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैनन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल

पश्चगामी सोचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैनन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क स्वीकार्य हुन नसक्ने बताएका छन् ।

संविधान दिवसको सन्दर्भमा आयोजित संविधान कार्यान्वयनको वर्तमान अवस्था विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानको कार्यान्वयन गर्दै अघि बढ्ने बेला पछि फर्किने सोच र तर्कलाई संविधान निर्माणकर्ता र संविधानले नै स्वीकार नगर्ने बताए ।

‘संविधानप्रतिको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल सुधार, परिमार्जन स्वभाविक प्रकृया हो। तर ती प्रक्रियाहरु प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातिर हुनु जरुरी छू, अध्यक्ष दाहालले भने, पछि फर्कने वा पश्चागामी सोचका साथ आउने तर्कहरु अग्रगामी संविधान निर्माण गर्नेहरु र यो संविधान स्वयंका लागि मान्य हुनै सक्दैनन्।’

नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन गर्ने सहमतिका साथ अघि बढिरहेका बेला अध्यक्ष दाहालको यस्तो अभिव्यक्ति आएको हो । माओवादीका तर्फबाट राष्ट्रिय सभामा निर्वाचित अध्यक्ष दाहालको धारणा पनि माओवादी केन्द्रसँग मिल्दो छ । माओवादीले पनि कांग्रेस र एमाले पछाडि फर्कन खोजेको आरोप लगाईरहेको छ ।

संविधान कार्यान्वयनका लागि बनाउनु पर्ने थुप्रै कानुनहरू अझैं बन्न नसकेको उल्लेख गर्दै अध्यक्ष दाहालले समयमा कानुन नबन्दा आएका समस्याले संविधान र संघीयता कार्यान्वयनका चुनौती थपिएको बताए ।

संघीयताका कारणले जनताले पाउनु पर्ने सेवा सुविधा नपाउँदा देखिने असन्तुष्टिको सम्बोधन गर्न ढिलाइ गर्न नहुने उल्लेख गर्दै अध्यक्ष दाहालले सरकार, संसद र सबै तहका जनप्रतिनिधिहरू संविधान कार्यान्वयनका काममा गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए ।

संविधान कार्यान्वयनका आठ वर्षमा दुईरदुई पटक संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमार्फत् जनादेश लिएर राज्य सञ्चालन भइरहेको बताउँदै उनले देशलाई संघीयकरण गर्ने, सामाजिक संरचनाहरुलाई गणतान्त्रिकरण गर्ने कामले संविधान कार्यान्वयनलाई सफल बनाउँदै लगेको बताए ।

पछि पारिएका वर्ग, लिङ्ग, जाति र समुदायले राज्यका हरेक संरचनामा सहभागी हुन पाउने अधिकार स्थापित गर्नु संविधानको मुख्य उपलब्धि भएको अध्यक्ष दाहालले बताए ।

‘स्थानीय तहमा ४० प्रतिशत र प्रदेश एवं संघमा एक तिहाई महिलाको प्रतिनिधित्वसहित दलित आदिवासी जनजाति, मधेश, पिछडिएको क्षेत्र, मुश्लिम लगायतका अल्पसंख्यक समुदायको समुचित प्रतिनिधित्व र राज्यका हरेक संरचनामा सहभागी हुने हक प्राप्त हुनु हाम्रो संविधानको मुख्य उपलब्धि होू, अध्यक्ष दाहालले भने, ‘विगतमा प्रतिनिधित्व नभएका वर्ग, क्षेत्र, समुदायको सकारात्मक विभेदसहितको विशेषाधिकारलाई संस्थागत गर्ने काम पनि यही संविधानले गरेको हो। विगतको राज्य संरचनाका कारणले हेपिएका, चेपिएका र पिछडिएका वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको शासन सञ्चालनमा सकारात्मक हस्तक्षेप हाम्रो संविधानको महत्त्वपूर्ण उपलब्धि हो।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माण

लमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी

भारतबाट बिजुली आयातको समय थप चार घण्टा बढ्यो

काठमाडाैँ । भारतबाट नेपाल आउने बिजुलीको समय चार घण्टा थप भएको छ । भारतको इन्डियन एक्सचेञ्ज मार्केट (आईएक्स) मार्फत बिहान

राजदूत घिमिरेद्वारा राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । संयुक्त अधिराज्यका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले राजा चाल्र्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बकिङ्घम

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

Techie IT