Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रदेशहरु अधिकार सम्पन्न नहुँदा संघीयता कार्यान्वयन हुन सकेन: उपेन्द्र यादव

प्रदेशहरु अधिकार सम्पन्न नहुँदा संघीयता कार्यान्वयन हुन सकेन: उपेन्द्र यादव


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशहरु अधिकार सम्पन्न नहुँदा संघीयता कार्यान्वयन हुन नसकेको बताएका छन् । संविधान पूर्ण रुपमा कार्यान्वयन नहुँदा समस्या भइरहेको भन्दै उनले प्रदेशलाई चाहिने कानून संघले नबनाएको र कर्मचारी, प्रहरी लगायत समायोजन गर्न नसकेको भन्दै आपत्ति जनाएका हुन । अध्यक्ष यादवले संविधानमा लेखिएका स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, विशेष क्षेत्र, कागजमा मात्रै सीमित भएको गुनासो समेत गरे ।

अध्यक्ष यादवले ७ प्रदेश व्यवस्था पनि अव्यवहारिक र अवैज्ञानिक रहेको बताए । राज्य पुनःसंरचना आयोगले दिएको एघार प्रदेशको अवधारणा नै उपयुक्त रहेको उल्लेख गरे । अध्यक्ष यादवले नेपालमा प्रधानमन्त्रीय शासन प्रणाली असफल भइसकेको दाबी गरेका छन् । उनले प्रधानमन्त्रीय शासकीय स्वरुपले भ्रष्टाचार र राजनीतिक अस्थिरता खडा गरेको बताए ।

जनताबाट निर्वाचित कार्यकारिणी अधिकार सम्पन्न राष्ट्रपतिले विज्ञहरुलाई लिएर आफ्नो सरकार बनाउने व्यवस्था गर्नुपर्ने पनि अध्यक्ष यादवको भनाइ छ । यादवले संविधानमा निर्वाचन प्रणाली नै संशोधन गर्नुपर्ने पनि बताए । सत्ताको दुरुपयोग र भ्रष्टाचार गर्ने जग नै नेपालको निर्वाचन प्रणाली भएको उनको भनाइ छ । अध्यक्ष यादवले स्थानीय तहमा दलविहीन आधारमा निर्वाचन गराउनुपर्ने पनि बताए । दलगत निर्वाचन प्रणालीलाई प्रदेश र संघमा मात्रै सीमित गर्नुपर्ने पनि अध्यक्ष यादवले उल्लेख गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

यो सभा चलाउने तरिका भएन: राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरुले संसदमा अवरोध गरिरहेको बेलामा संसद बैठक

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

Techie IT