गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ भारतका प्रधानमन्त्री मोदी र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ताभारतका प्रधानमन्त्री मोदी र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता नेपालीपत्र मंगलबार, २०८१ असोज ८ गते, १३:५१ मा प्रकाशित अन्तर्राष्ट्रिय काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच अमेरिकामा भेटवार्ता भएको छ । दुई नेताबीच पछिल्लो एक महिनामा यो दोस्रो भेट हो । मोदीले गएको अगस्ट २३ मा युक्रेनको भ्रमण गरेका थिए ।संयुक्त राष्ट्रसङ्घको शिखर सम्मेलनमा सहभागी हुन अमेरिकामा रहेका मोदी र जेलेन्स्कीबीच न्युयोर्कमा भेटवार्ता भएको हो । भेटमा दुवै नेताबीच द्विपक्षीय सम्बन्ध र युक्रेनको अवस्थाबारे छलफल भएको भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । मोदीले युक्रेनमा भइरहेको सङ्कटलाई वार्ता र कूटनीतिबाट समाधान गर्ने भारतको चाहना रहेको बताएकाे बीबीसी हिन्दीले लेखेको छ ।पछिल्लो समय भारतको हतियार युक्रेनले रुसविरुद्ध प्रयोग गरेको भन्ने समाचार आएपछि उनीहरूको भेटलाई नजिकबाट हेरिएको छ । तर भारतले यस विषयको खण्डन गरिसकेको छ । मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत विभिन्न देशका नेताहरूसँग पनि भेट गरेका छन् । #नरेन्द्र मोदी #भोलोदिमिर जेलेन्स्कीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भारतको अहमदाबादमा बङ्गलादेशी नागरिकविरुद्धको कारबाही रोकिएनएजेन्सी । भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् (भत्काउने अभियान) तीव्र बनेको बीबीसी इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइतेएजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युएजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दाकाठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदैएजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारएजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्धधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ३ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ४ युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु ५ बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर ६ चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न ७ तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरीThe Film Nepal