Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘दसैं तिहारमा सौराहा’ योजना

‘दसैं तिहारमा सौराहा’ योजना


चितवन । नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गरी चितवनको सौराहामा रहेको जङ्गल सफारी लजले “दसैं तिहार सौराहामा” योजना ल्याएको छ ।

असोज १५ देखि कार्तिक ३० सम्म लागु हुने यस योजना अन्तर्गत नेपाली पर्यटकले प्रति व्यक्ति दुई रात तीन दिनको प्याकेज मात्र १३ हजार रुपैयाँमा सौराहा घुम्न पाउनेछन् ।

यस प्याकेजमा सहभागी हुनेले वेल कम ड्रिंक्स, दुई रातको लागि सुपर डिल्क्स कोठा, दुई वटा लन्च, दुई वटा डिनर,ब्रेकफास्ट सहित जीप सफारी, डुङ्गा सयर, हात्ती प्रजनन् केन्द्र भ्रमण, थारु नाच अवलोकन, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउने जङगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए ।

यो प्याकेज अन्तर्गत आउने पर्यटकलाई सौराहामा रहेको क्याफे दी सफारीमा एउटा कफीको कुपन समेत दिइने उनले बताए। कोभिडपछि विस्तारै गति लिँदै गएको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको महत्व धेरै रहेकोले आन्तरिक पर्यटकलाई घुम्न जोड दिन यो अफर लिएर आएको उनले बताए ।

यो अफर प्राप्त गर्न कम्तीमा दुई जना हुन पर्ने छ। ५ वर्ष मुनिका लागि नि:शुल्क छ भने ५-१० वर्षको हकमा २५ % छुट हुने कम्पनीले जनाएको छ।

“हामीले विगत एक दशक देखि दसैं तिहारको समयमा यस्तै योजना ल्याउँदै आएका थियौं, सफल पनि भयौं त्यसैले हरेक वर्ष पनि निरन्तरता दिंदै छौं,” उनले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT