गृहपृष्ठ ∕ नेपाल ∕ वायु सेवा निगमले गौतम बुद्ध विमानस्थलबाट मलेसिया–भैरहवा–काठमाडौँ उडान सुरु गर्योवायु सेवा निगमले गौतम बुद्ध विमानस्थलबाट मलेसिया–भैरहवा–काठमाडौँ उडान सुरु गर्यो नेपालीपत्र मंगलबार, २०८० जेठ ३० गते, १०:२८ मा प्रकाशित नेपाल बुटवल। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया–भैरहवा–काठमाडौँ व्यवसायिक उडान सुरु गरेको छ। विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि नेपाल वायु सेवा निगमले पहिलोपटक उडान शुरु गरेको हो।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान पौने ९ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा अवतरण भएको छ।साढे ७ बजे अवतरण हुने भनिएको जहाज झण्डै डेढ घण्टा ढिलो अवतरण भएको हो। विमानबाट ३१ जना यात्रु भैरहवा अवतरण भएका छन्।नेपाली वायु सेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किराँतीले विमानस्थलमा स्वागत गरे। भैरहवामा यात्रुलाई ओरालेपछि विमान काठमाडौँका लागि उड्ने छ।विमानमा मलेसियामा रोजगारी गरेर घर फर्केका नेपालीहरुका साथै मलेसियाका पर्यटन व्यवसायीहरु भैरहवामा अवतरण गरेका छन् भने बाँकी काठमाडौँ ओर्लने छन्। #नेपाल वायु सेवा निगमग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनकाठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्युकाठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टिकाठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालयकाठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै कोरिया जान १ लाख ३ हजार आवेदनकाठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदनधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ३ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ४ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग ६ इ–सेवा र नागरिक स्टक डिलरबीच सहकार्य ७ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’The Film Nepal