Techie IT
२०८२ भदौ १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसन्तोषी भईन् मिसेस नेपाल युनिभर्स २०२४

सन्तोषी भईन् मिसेस नेपाल युनिभर्स २०२४


काठमाडौँ । मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि सन्तोषी कार्कीले जितेकी छिन् । लन्डन फेशन हाउसले आयोजना गरेको प्रतिस्पर्धाबाट सन्तोषीले मिसेस नेपालल युनिभर्सको ताज चुमेकी हुन् । अब उनले नेपालको प्रतिनिधित्व गर्दै ४७ औं मिसेस युनिभर्समा भागलिने भएकी छिन् ।

मिसेस युनिभर्समा आधादशक देखि नेपालले सहभागिता जनाउँदै आएको छ । यसपटक आफुले नेपालको लागि केही उपाधि ल्याउने तयारीका साथ भाग लिन लागेको पनि सन्तोषीले बताएकी छिन् । मिसेस युनिभर्स विवाहित महिलाहरुको सबैभन्दा जेठो सौन्दर्य प्रतियोगिता हो । ४७ वर्षबाट यो प्रतियोगिता हुदै आएको छ । १८ वर्षदेखि ५५ वर्षसम्मका १४० भन्दा बढी देशका विवाहित महिलाहरुले भाग लिने यो प्रतियोगितामा यसपटक नेपालबाट सन्तोषी कार्कीले प्रतिनिधित्व गर्दैछिन् ।

अन्तराष्ट्रिय युवा उधमी महासंघ बेलायतकी महासचिब समेत रहेकी सन्तोषी विभिन्न संस्थाको नेतृत्वमा रहेको अनुभवले पनि मिसेस युनिभर्समा आफ्नो प्रस्तुतिमा सघाउने कुरामा विश्वस्त छिन् ।

यो प्रतियोगितामा भाग लिन सन्तोषी दुईदिनपछि दक्षिण कोरिया उड्दैछिन् । लन्डनको एक विश्वविधालयमा प्रध्यापनसमेत गर्दै आएकी सन्तोषी मिसेस नेपाल युनिभर्सकै लागि चार दिन अघि नेपाल आएकी हुन् । लन्डनमा रेष्टुरेन्ट व्यबसाय समेत सञ्चालन गर्दै आएकी सन्तोषी ८ वर्षको छोराको आमा पनि हुन्,‘पारिवारिक जिम्मेवारी निर्वाह गरेर पनि बाहिर गएर केही गर्न सकिन्छ भनेर मैले यो प्रतियोगितामा भाग लिएको हुँ ।’ सन्तोषीले भनिन्,‘नेपालको बारेमा सो अन्तराष्ट्रिय मञ्चमा धेरै भन्दा धेरै जानकारी गराउने छु ।

बिगत डेढ दशकदेखि बेलायतमा बस्दै आएकी सन्तोषी सोलुखुम्बुकी हुन् । काठमाडौं आएर १२ कक्षा उतिर्ण गरेपछि उनी उच्च शिक्षा , सन २०८ को मिस टिन २००७ मा भाग लिएकी उनले र मिष्टर एन्ड मिस टिन कलेज २००८ मा शिर्ष उपाधि जितेकी थिईन् । त्यतिबेलाको अनुभवले पनि यसपटक मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि हाँसिल गर्न सजिलो भएको सन्तोषीले बताएकी छिन् । यसरी कलेजदेखि नै आफु सौन्दर्य प्रतियोगितासँग जोडिएको सन्तोषीले बताएकी छिन् ।

‘सन्तोषीले मिसेस युनिभर्सको लागि आबस्यक सबै प्रशिक्षण यतिबेला कोरियोग्राफर रोजिन शाक्यबाट पुरा गर्नु भएको छ । ३ अक्टोबारबाट दक्षिण कोरियाको साउलमा सुरु हुने यो प्रतियोगितामा भागलिन नेपालबाट सन्तोषी जाँदै हुनुहुन्छ ।’ मिसेस नेपाल युनिभर्सकी आयोजक एवम् लन्डन फेशन हाउसकी अध्यक्ष मनिषा डँगोल श्रेष्ठले बताईन् । यस्तै अफिसियल मेकअप आर्टिष्टको रुपमा रहेकी इन्दिरा महर्जनले उनलाई व्युटी सम्बन्धि ग्रुमिङ गरेकी छिन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT