Techie IT
२०८२ भदौ ५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालवीपी राजमार्गमा रुट अनुमति लिएका ठूला बसहरु पनि चल्ने

वीपी राजमार्गमा रुट अनुमति लिएका ठूला बसहरु पनि चल्ने


काठमाडौं । आज सोमबार साँझदेखि वीपी राजमार्गमा रुट अनुमति लिएका सबै सवारी साधनहरु चल्ने भएका छन् ।

सडक डिभिजन, भक्तपुरले एक सूचना जारी गर्दै यही असोज ११ र १२ गते आएको अबिरल वर्षासँगैको बाढी पहिरोले क्षतिग्रस्त बनाएको राजमागर्डमा ट्रयाक खोलेर साना सवारी साधन मात्रै चल्न दिइएकोमा आज साँझसम्म चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सन सुधार हुने जनाएको छ । त्यसकारण सो रुटमा चल्नका लागि यस अघि अनुमति पाएका सवारी साधन सावधानीपूर्वक संचालन गर्न फरक नपर्ने जनाइएको छ ।

दशैंका लागि घर गएकाहरु फर्किने समय भएकाले यातायात व्यवसायीहरुले पनि सो राजमार्गमा आज सोमबारदेखि ठूला बसहरु चलाउन खोजेका थिए । साँझसम्म डाइभर्सनको काम सकिए आजैबाट नभए भोलि मंगलबारेदेखि राजमार्गमा ठूला सवारी साधन चल्ने बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य

बागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा

राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पहिरोमा पुरिएर २ जनाको मृत्यु,…

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा सोमबार पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने

बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्दतीको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णय

ब्रिटिस एजुकेशन ग्रुपले किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स…

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस इन्टरनेशनल कलेजले यूकेको किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स शैक्षिक कार्यक्रमको शुभारम्भ

Techie IT