Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालबाँके राष्ट्रिय निकुञ्जमा सूचना केन्द्र स्थापना गरिँदै

बाँके राष्ट्रिय निकुञ्जमा सूचना केन्द्र स्थापना गरिँदै


नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जले आगन्तुक सूचना केन्द्र स्थापना गर्ने भएको छ ।

निकुञ्जको अवलोकन गर्न आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले कोहलपुरमा सो सूचना केन्द्र स्थापना गर्न लागिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्जमा आउने पर्यटकलाई निकुञ्जका बारेमा विस्तृत सूचना र जानकारी प्रदान गर्न करिब ७० लाख रुपैयामा आगन्तुक सूचना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए । उनले त्यसका लागि आवश्यक तयारी गरिएको उल्लेख गर्दै दुई साताभित्र सूचना केन्द्र स्थापना हुने बताए ।

सूचना केन्द्रबाट बाँके राष्ट्रिय निकुञ्जसम्बन्धी सम्पूर्ण जानकारी पाउन सकिने निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जको गत आर्थिक वर्षमा चार सय ८० पर्यटकले भ्रमण गरेका थिए । निकुञ्ज विशेषगरी जैविक विविधता र बाघ संरक्षणका लागि परिचित छ । दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको सो निकुञ्ज मुलुकको कान्छो राष्ट्रिय निकुञ्जका हो ।

पर्यटकले निकुञ्जमा बाघ, चितुवा, हात्ती, गैँडा, जरायो, बँदेल, नीलगाई र विभिन्न प्रजातिका चरा र सर्पलगायत जीवजन्तु अवलोकन गर्न सक्छन् । निकुञ्जभित्र पर्यटकका लागि हात्ती, जिप र जङ्गल सफारीका साथै पैदल यात्राको प्रबन्ध गरिएको छ । निकुञ्जभित्र वन्यजन्तु अवलोकनका लागि मचान, घाँसेमैदान, कृत्रिम पोखरी र वनपथजस्ता पूर्वाधारसमेत निर्माण गरिएका छन् ।

बाँकेमा सडक तथा हवाई यातायातको सहज पहुँच र एक दर्जन बढी तारे होटलको सुविधा भएका कारण निकुञ्ज अवलोकनका लागि यहाँ पुग्ने पर्यटकले बाघलगायत वन्यजन्तु अवलोकन गर्ने गर्छन् । निकुञ्ज बाँके, दाङ र सल्यान गरी तीन जिल्लाको पाँच सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT