गृहपृष्ठ ∕
खेल ∕
पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका फिलिपलाई भित्र्यायो पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका फिलिपलाई भित्र्यायो
काठमाडौँ । वेस्ट इन्डिजका बलर एन्डरसन फिलिपले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।
वेस्ट इन्डिजका बलर फिलिपलाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको पोखरा एभेन्जर्सले जनाएको छ । टोलीमा अनुबन्ध भएका २८ वर्षीय एन्डरसन फिलिप तीव्र गतिका बलर हुन् ।
फिलिपलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो र प्रतिस्पर्धात्मक बनाउने योजना रहेको बताए ।
यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डे लीडलाई टोलीमा अनुबन्ध गरिसकेको छ । पोखरा एभेन्जर्समा नेपाल राष्ट्रिय टोलीका कुशल भुर्तेल मार्की खेलाडीका रूपमा रहेका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को अयोजनामा एनपीएल आउँदो मङ्सिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुँदैछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार
काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ
काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा