Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमाओवादी केन्द्रले भोलि काठमाडौँमा विरोध प्रदर्शन गर्ने

माओवादी केन्द्रले भोलि काठमाडौँमा विरोध प्रदर्शन गर्ने


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले समसामयिक राजनीतिक विषयलाई लिएर भोलि राजधानी काठमाडौंमा विरोध प्रदर्शनको घोषणा गरेको छ । विरोध प्रदर्शनमा ३० हजार मानिस उतार्ने तयारी गरेको छ ।

खबरदारी सभा सुरु हुनुअघि बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाडौंमहल अगाडि कार्यकर्ताहरु भेला हुनेछन् । त्यसपछि जुलुश सुरु हुने छ । सो जुलुश रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुने छ । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने छन् ।

अपराह्न चार बजेभित्र सभा सम्पन्न गर्ने कार्यतालिका छ त्यसका लागि सबै जनवर्गीय संगठनहरुलाई विरोध कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको छ । प्रदर्शनीमार्गमा हुने विरोध सभालाई माओवादी केन्द्रले ‘खबरदारी सभा’ नाम दिएको छ ।

यो प्रदर्शन भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित हुने बताइएको छ । जनपरिचालनको उद्देश्य सहकारी ठगी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउनुपर्ने, विपद्मा परी बेपत्ता भएका नागरिकको खोजी, उद्धार, राहत वितरण, घाइतेको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनःनिर्माण र पुनःस्थापना कार्यान्वयन गराउन दबाब दिन लागिएको माओवादीले जनाएको छ ।

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा जनदबाब सृष्टि गर्न आफूहरुले प्रदर्शन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

यो सभा चलाउने तरिका भएन: राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरुले संसदमा अवरोध गरिरहेको बेलामा संसद बैठक

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

Techie IT