Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालबाढीपहिरोले मुहानमा क्षति गरेपछि काभ्रेमा दमकलवाट पानी वितरण

बाढीपहिरोले मुहानमा क्षति गरेपछि काभ्रेमा दमकलवाट पानी वितरण


काभ्रे । असोज दोस्रो सातामो आएको अबिरल बर्षपछिको बाढि र पहिरोले मुहान सहित पानीको पाईप बगाइ दिएपछि काभे्रका धेरै ठाउँमा खानेपानीको हाहाकार भएको छ ।

काभ्रेको सदरमुकाम धुलिखेल, बनेपा, पनौती लगायतका क्षेत्रमा खानेपानीको हाहाकार भएको हो । खानेपानी आयोजनाका मुहान तथा पाइप लाइन क्षतिग्रस्त हुँदा खानेपानी नियमित वितरणमा समेत समस्या हुन थालेको छ । बनेपा पनौती धुलिखेलको खानेपानीको मुख्य श्रोत मानिएको पनौती १२ कलाती भुमिडाँडामा बाढि र पहिरोले बिनास गरेसँगै काभ्रेको सदरमुकाम धुलिखेल तथा पनौती र बनेपा नगरपालिकामा खानेपानी संकट देखिएको हो ।

धुलिखेल छ बडामा दैनिक २४ लाख लिटर पानि आवश्यक पर्नेमा हाल तत्काल समस्या समाधान गर्न बनाइएको डिपबोरिङबाट १ लाख लिटर तथा जंगलहरुबाट विभिन्न श्रोतबाट १ लाख गरेर २ लाख लिटर मात्र पानी बितरण भैरहेको छ । खानेपानीको अभावमा दैनिक ट्याङकर र दमकलबाट समेत पानि ल्याएर वितरण थालिएको छ ।

त्यस्तै बनेपा नगरमा सञ्चालित रहेको उपत्यका एकिकृत खानेपानीको मुहान पुरेको तथा खानेपानीका पाईपहरु बगाएको र बनेपाको शशिपानीमा रहेको मुहानमा बाढीका कारण क्षति पुगेकोले बनेपामा समेत समस्या भएको छ । बनेपाको शशिपानी मुहानको पानी मर्मत गरिकन ल्याइसकिएको भएपनि एकिकृत खानेपानीको पानी ल्याउन नसक्दा समस्या भएको हो ।

क्षतिग्रस्त मुहान तथा पाइप लाइनको अनुगमन निरीक्षण भइरहेको र क्षतिको विस्तृत विवरणपछि पुनःनिर्माणबारे प्रक्रिया थालिने खानेपानी संस्थानले जानकारी दिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT