Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेप्सेमा १४ अंकले बृद्धि

नेप्सेमा १४ अंकले बृद्धि


काठमाडौँ। साताको अन्तिम कारोबारको दिन बिहीबारको नेप्सेमा १४ अंकले बृद्धि भएको छ । परिसूचक सामान्य अंकले बढे पनि कारोबार भने १० अर्ब नाघेको छ ।

बिहीबार २ करोड १६ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३२ करोड ३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यो साता समग्रमा सेयर बजार १० प्रतिशतले बढेको छ ।

आइतबार परिसूचक २७३८ बिन्दुमा थियो । सोमबार २२ अंकले बढ्दै २७६० बिन्दुमा उक्लियो । मंगलबार र बुधबार भने बजारमा गिरावट देखियो । बुधबार बजार बन्द हुँदा परिसूचक २७३४.३८ बिन्दुमा थियो । बिहीबार परिसूचक २७४८.७९ बिन्दुमा पुगेर कारोबार रोकिएको छ।

बिहीबार १५९ कम्पनीको सेयर मूल्य बढेको छ। ७९ कम्पनीको घट्दा ६ कम्पनीको मूल्य स्थिर रह्यो । बिहीबार गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, माथिल्लो हेवाखोला जलविद्युत् लगायत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। कारोबार रकमका हिसाबले भने जानकी फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो। बिहीबार यसको ३५ करोड २५ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो ।

बिहीबार जलविद्युत् उपसमूहको सूचक १.३४ र विकास बैंक उपसमूहको सूचक १.२१ प्रतिशतले बढेको छ । अन्य उपसमूहको वृद्धि भने १ प्रतिशत पनि पुग्न सकेन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

दुग्ध किसानले पाउनुपर्ने बक्यौता पुग्यो ५ अर्ब रुपैयाँ

काठमाडौं । सरकारी र निजी क्षेत्रका दुग्ध व्यवसायीबाट किसानलाई दुध खरिद गरेको पाँच अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा

भारतबाट १० महिनामा ४ करोड ६० लाखको खरबुजा भित्रियो

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट

Techie IT