Techie IT
२०८३ असोज ९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ युक्रेनलाई एफ–१६ लडाकु विमान दिएपछि रुसले अमेरिकालाई दियो यस्तो ठूलो चेतावनी

युक्रेनलाई एफ–१६ लडाकु विमान दिएपछि रुसले अमेरिकालाई दियो यस्तो ठूलो चेतावनी


एजेन्सी । अमेरिकाले युक्रेनलाई रुसविरद्ध लड्न हातहतियार सहयोग गर्दै आइरहेको छ । रुसले एफ–१६ लडाकु विमान युक्रेनमा पठाइयो भने, यसले युद्धमा नेताको संलग्नतामा प्रश्न खडा गर्ने प्रष्ट पारेको छ ।

रुसले अमेरिकालाई स्पष्ट शब्दमा यो कुरा प्रतिक्रिया दिएको हो ।

अमेरिकाका लागि रुसी राजदूत अनातोली एन्टोनोभले युक्रेनसँग एफ–१६ सञ्चालन गर्ने पूर्वाधार नभएको र पाइलट र मर्मतसम्भार कर्मचारीको संख्या अपर्याप्त रहेको बताए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी पाइलटहरूलाई एफ–१६ लडाकु विमानहरूको प्रशिक्षण दिने बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई आश्वासन दिर्दै उनले सहयोगको प्रतिवद्धता समेत गरेका छन् ।

तर, उक्त लडाकु विमान रूसी भूमिमा उडान गर्न प्रयोग गरिने छैन।

एन्टोनोभले क्रिमियामा युक्रेनले गरेको कुनै पनि आक्रमणलाई रुसमाथिको आक्रमण मानिने बताए ।

रुसको प्रतिआक्रमणबारे अमेरिकालाई राम्ररी थाहा हुनु आवश्यक रहेको उनले बताए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT