गृहपृष्ठ ∕ नेपाल ∕ निगमका विमान चालक आन्दोलनमा उत्रिएपछि नियमति उडान प्रभावितनिगमका विमान चालक आन्दोलनमा उत्रिएपछि नियमति उडान प्रभावित नेपालीपत्र सोमबार, २०८१ मंसीर १० गते, ०८:४० मा प्रकाशित नेपाल काठमाडौं । नेपाल वायुसेवा निगमका विमान चालक आन्दोलनमा उत्रिएपछि नियमति उडान प्रभावित भएको छ । निगमका विमान चालकहरू सेवा सुविधा वृद्धिको माग गर्दै हड्तालमा उत्रिएपछि आइतबार भारतको मुम्बई र युनाइटेड अरब इमिरेट्स (यूएई) का उडान तोकिएको समयमै हुन नसक्दा सयौं यात्रु अलपत्र परेका छन् ।चालकहरु आन्दोलनमा उत्रिएका कारण उडान निर्धारित समयमा हुन नसकेको निगमले जनाएको छ । निगमले चालकको माग सम्बोधनका लागि प्रयास गरिरहेको पनि जनाएको छ । निगमले पर्यटन मन्त्रालय लगायत सम्बन्धिन निकायसँग यसबारेमा पटक—पटक छलफल भएको र माग सम्बोधनका लागि प्रयास भइरहेको पनि जानकारी गराएको छ ।माग सम्बोधनका लागि निगम गम्भीरतापूर्वक लागेकाले कुनै पनि उडान प्रभावित नगर्न विमान चालकहरुलाई निगमले आग्रह गरेको छ । अत्यावश्यक सेवा र वस्तुमा बन्दहड्ताल गर्न नपाइने कानुनी व्यवस्था भए पनि त्यसलाई उल्लंघन गर्दै विमान चालकहरु आमहड्तालमा उत्रिँदा निगमका उडानहरु प्रभावित भएका छन् । निगमको उडानमा पर्न गएको असरले आर्थिक नोक्सानी मात्र नभएर साख र इज्जतमा समेत नकरात्मक प्रभाव परेको निगमले विज्ञप्ति मार्फत् जनाएको छ । #विमान चालकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टिकाठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालयकाठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै कोरिया जान १ लाख ३ हजार आवेदनकाठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्यबागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पहिरोमा पुरिएर २ जनाको मृत्यु,…म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा सोमबार पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिनेकाठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्दतीको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णयधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ ‘लघुवित्तको विकल्प छैन, बचाउन सबै लाग्नुपर्छ’ सांसद चौधरी ३ चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ? ४ ब्रिटिस एजुकेशन ग्रुपले किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स कार्यक्रम सुरु गर्यो ५ बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिने ६ इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट ७ कोरिया जान १ लाख ३ हजार आवेदनThe Film Nepal