Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिरवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै

रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) सभापति रवि लामिछानेलाई आज(मंगलबार) काठमाडौं ल्याइँदैछ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई विमान बाट काठमाडौं ल्याउन लागिएको हो । आइतबार मात्रै उनलाई कास्की जिल्ला अदालतले १५ दिनको म्याद थपेको छ । काठमाडौंमा भने स्वर्णलक्ष्मी सहकारीको रकम पनि गोर्खा मिडिया प्रा.लि.मा गएको र हिनामिना भएको भन्दै अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याउन लागिएको हो ।

पोखराको सूर्यदर्शन सहकारी सँग सम्बन्धित बयान सकिएकाले काठमाडौंको कालिमाटी स्थित स्वर्णलक्ष्मी सहकारी ठगी सँग सम्बन्धित रहेर थप बयान लिन उनलाई काठमाडौं ल्याउन लागिएको हो । उनी विरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ ।

बयान सकिएपछि लामिछानेलाई पुनः कास्की नै लगिनेछ । लामिछाने विरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । उनलाई चितवन पनि लैजाने तयारी छ । उनलाई कात्तिक २ गते काठमाडौंको वनस्थली स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बाट पक्राउ गरिएको थियो ।

कात्तिक ४ गते जिल्ला अदालत कास्की पेस गरिएपछि उनलाई बयानका लागि रुपन्देही पनि पुर्‍याइएको थियो । कास्कीमा लामिछाने माथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

म किन बदलिने ?

म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो

Techie IT