Techie IT
२०८२ भदौ २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालघोडा किन्नका लागि अनुदान दिँदै मादी गाउँपालिका

घोडा किन्नका लागि अनुदान दिँदै मादी गाउँपालिका


कास्की । कास्कीको मादी गाउँपालिकाले पयर्टन प्रवर्धनका लागि घोडा खरिद गर्न अनुदान दिने भएको छ । हिमाली भेगमा घुम्न जाने पर्यटकको सहजताका लागि घोडा खरिदमा अनुदान दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीेले जानकारी दिए । “अहिले दररेट माग गर्ने काम भइरहेको छ । हुम्ला, जुम्ला, मनाङ र मुस्ताङका व्यावसायीले दररेट हाल्नुहोला, त्यसपछि लागत साझेदारीका आधारमा पर्यटन व्यवसायीले आधा मूल्य तीर्नेगरी घोडा खरिद गर्न दिने हो”, उनले भने ।

यस गाउँपालिकाको विशेषगरी वडा–१ र २ को हिमाली भेगमा पयर्टक पुगेपनि अहिलेसम्म मोटर बाटो नपुगेकाले घुम्नका लागि घोडा उपयुक्त रहेको मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए ।

“यहाँको सिक्लेस, ताङ्तिङ्, क्हपुचे ताल, कोरी, क्रपुडाँडा पुग्ने पर्यटकलाई हिड्न समस्या हुन्छ । हाम्रो वडामा गाडी पुग्न बाँकी धेरै पर्यटकीय क्षेत्र छन्”, उनले भने, “बाटोको अभाबमा हिड्न नसक्ने पर्यटकले दुःख पाइरहेका छन् । उनीहरूका लागि घोडा खरिद गर्न सकियो भने राम्रो हुन्छ ।” घोडा खरिद गर्न इच्छुक वडाभित्रका पर्यटन व्यवसायीलाई वडा कार्यालयमा सम्पर्क गर्न सूचना गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT