फ्रान्सका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पारित
एजन्सी । फ्रान्सका प्रधानमन्त्री मिशेल बर्नियरको सरकार तीन महिनामै ढलेको छ । बुधबार संसदमा अविश्वासको प्रस्तावको पक्षमा भारी बहुमत आए सँगै उनको सरकार तीन महिनामै ढलेको हो ।
५ सय ७७ सदस्यीय संसद्मा अविश्वासको मत पारित हुन २ सय ८८ मत चाहिनेमा ३ सय ३१ मत परेको थियो । प्रधानमन्त्री बार्नियरले संसदीय समर्थन विनै संविधान प्रदत्त विशेष अधिकार प्रयोग गर्दै ’सामाजिक सुरक्षा वित्तीय योजना’ विधेयकलाई पारित गर्न खोजे पछि विपक्षी चरम दक्षिणपन्थी दल नेशनल र्यली र वामपन्थी दल न्यू पपुलर फ्रन्टले उनी विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका हुन् ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार फ्रान्समा ६२ वर्ष पछि पहिलो पटक देशको सरकार अविश्वासको प्रस्तावले ढलेको हो । यस सँगै बार्नियर देशको इतिहासमै सबै भन्दा कम शासन गर्ने प्रधानमन्त्री भएका छन् । बार्नियर अब राष्ट्रपति इम्यानुएल म्याक्रोँन समक्ष राजीनामा बुझाउने अपेक्षा छ ।
राजीनामा बुझाए पनि राष्ट्रपति म्याक्रोंनले उत्तराधिकारी चयन नगर्दा सम्म उनी कामचलाउ प्रधानमन्त्रीका रूपमा कार्यरत हुनेछन् । यसैबीच राष्ट्रपति म्याक्रोँनले बिहीबार देशवासीका नाममा सम्बोधन गर्ने बताईएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् (भत्काउने अभियान) तीव्र बनेको बीबीसी
एजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद
एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा
काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले
एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले
एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध