गृहपृष्ठ ∕ नेपाल ∕ ऊर्जा मन्त्री खड्का द्वारा जमुनी सिँचाइ आयोजनाको स्थलगत निरीक्षणऊर्जा मन्त्री खड्का द्वारा जमुनी सिँचाइ आयोजनाको स्थलगत निरीक्षण नेपालीपत्र शुक्रबार, २०८१ मंसीर २१ गते, ०९:२६ मा प्रकाशित नेपाल बारा । ऊर्जा तथा सिँचाइ मन्त्री दीपक खड्काले जमुनी सिँचाइ आयोजनाको आज स्थलगत निरीक्षण गरेका छन् ।गढीमाई मन्दिरमा दर्शनका लागि बारा पुगेका ऊर्जा मन्त्री खड्का मन्दिर दर्शनपश्चात जमुनी सिँचाइ आयोजनाको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री खड्काले पचरौता नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र सिम्रौनगढ नगरपालिका तथा छिमेकी जिल्ला रौतहटको सिँचाइ समस्या समाधानका लागि आदर्श कोतवाल गाउँपालिका–८ ददरङ्गवास्थित सिँचाइ आयोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले तत्काल ठेक्का प्रक्रिया अगाडि बढाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिँदै कामको थालनीका लागि आवश्यक सहयोग गर्ने बताए ।सिँचाइ बाट बारा र रौतहटका नौ हजार पाँच सय हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य लिएको पर्साको वीरगञ्ज स्थित नारायणी सिँचाइ कार्यालयले जनाएको छ । विसं २०७२ माघ देखि आयोजनाको काम शुरू भएको थियो । २२ करोड ४० लाख ५१ हजार एक सय ४५ लागतमा निर्माण शुरू भएको हो ।जमुनी सिँचाइ आयोजनामा कुल लागत एक अर्ब छ । जसमा ७० करोड बराबरको काम सम्पन्न भइसकेको र ३० करोड काम बाँकी छ । अर्थ मन्त्रालय बाट रकमको स्रोत सहमति हुने बित्तिकै बोलपत्र प्रक्रिया हुनेछ र बाँकी कामलाई बोलपत्र मार्फत तुरून्तै शुरू गर्ने मन्त्री खड्काले बताए । #ऊर्जा मन्त्री #दीपक खड्काग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनकाठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्युकाठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टिकाठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालयकाठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै कोरिया जान १ लाख ३ हजार आवेदनकाठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्यबागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमाधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ ब्रिटिस एजुकेशन ग्रुपले किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स कार्यक्रम सुरु गर्यो ३ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ४ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ५ न्युजिल्याण्डविरुद्ध ७ विकेट लिएका शमीले आफ्नो सफलताबारे यसो भने ६ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ७ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनThe Film Nepal