Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्यसहित ३५ नेता कार्यकर्ता एमालेमै फर्किए

एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्यसहित ३५ नेता कार्यकर्ता एमालेमै फर्किए


सल्यान । सल्यानमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्यसहित ३५ नेता कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन् ।

श्रीनगरमा आयोजित कार्यक्रममा एमालेमा एकीकृत समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य, जिल्ला कमिटी सदस्यहरुसहित ३५ नेता कार्यकर्तालाई एमालेमा स्वागत गरिएको हो ।

विगतको भुललाई सच्याउँदै र जनप्रिय पार्टी एमालेलाई अझै सशक्त बनाउने प्रतिबद्धतासहित एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य तथा कर्णाली प्रदेश कमिटी सदस्य ज्ञानेश्वर केसी, जिल्ला कमिटी सदस्य तथा शारदा नगर कमिटी सहइन्चार्ज राजेश बिक, जिल्ला कमिटी सदस्य तथा शारदा नगर कमिटी सचिव नवराज बुढाथोकी, जिल्ला कमिटी सदस्य तथा वडाध्यक्ष गणेश बुढाथोकीसहित ३५ नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् ।

उनीहरुलाई एमाले केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गोविन्दकुमार पुन, कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह, पार्टीका प्रदेश कमिटी सदस्यहरु सरिता हमाल, कुन्ता बस्नेत, जिल्ला कमिटी अध्यक्ष भीमबहादुर सेनलगायतले पार्टीका स्वागत गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

म किन बदलिने ?

म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो

Techie IT