Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालमुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको शिलान्यास

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको शिलान्यास


मोरङ । मोरङको रङ्गेली नगरपालिकामा रु साढे नौ करोड लगानीमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको शिलान्यास गरिएको छ ।

रङ्गेली–८ स्थित दर्वेशामा निर्माण हुने उक्त केन्द्रको जिल्ला समन्वय समितिका उपप्रमुख उषा झा ठाकुर, रङ्गेलीका नगरप्रमुख दलिप बगडिया, सुनवर्षी नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद राजवंशी, धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछ गच्छदार, कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङ्नामले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

सो अत्यावश्यक सेवा केन्द्रको शिलान्यास गर्दै केन्द्रमा जनशक्ति, उपकरण र विपद् व्यवस्थापनका लागि आवश्यक सबै स्रोतसाधन उपलब्ध रहने जिल्ला समन्वय समिति उपप्रमुख ठाकुरले बताए । रङ्गेली र सुनवर्षी नगरपालिका तथा धनपालथान र कानेपोखरी गाउँपालिकालाई लक्षित गरी निर्माण हुने केन्द्रले विपद् व्यवस्थापनका लागि एकीकृत रुपमा सञ्चालन हुने रङ्गेलीका उपप्रमुख भुमा पराजुलीले बताए ।

केन्द्र निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश सरकारले एक वर्षअघि त्रिपक्षीय सम्झौता गरेको थियो । रङ्गेली नगरपालिकाले रु दुई लाख २५ हजार प्रतिकट्ठाका दरले दर्वेशामा १२ कट्ठा जग्गा खरिद गरेको थियो ।

प्रदेश सहयोग कार्यक्रमको रु दुई करोड, कोशी प्रदेश सरकारको आन्तरिक तथा कानुन मन्त्रालयको रु छ करोड २५ लाख २९ हजार र चारवटै पालिकाबाट रु एक करोड ८५ लाखको लगानीमा निर्माण हुने भएको छ । सेवा केन्द्र एक वर्षभित्र सम्पन्न गर्नेगरी ब्राइट बुल निर्माण सेवाले ठेक्का पाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT