Techie IT
२०८२ असार २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियग्रीसमा डुङ्गा डुब्दा ७८ जना आप्रवासीको मृत्यु, १०० जनाको उद्धार

ग्रीसमा डुङ्गा डुब्दा ७८ जना आप्रवासीको मृत्यु, १०० जनाको उद्धार


एजेन्सी । ग्रीसको पेलोपोनी नदीमा माछा मार्ने डुङ्गामा डुब्दा यसमा सवार कम्तीमा ७८ आप्रवासीको मृत्यु भएको ग्रीसको तटरक्षक बलले बुधबार जनाएको छ ।

आयोनियाली सागरमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा डुङ्गा पल्टिएपछि करिब १०० जनालाई उद्धार गरिएको तटरक्षक बलले जनाएको छ ।

आप्रवासन मन्त्रालयका एक स्रोतले एएफपीलाई बताएअनुसार कोस्टगार्डले माछा मार्ने डुङ्गामा अत्यधिक धेरै ९सयौँ० मानिस सवार थिए ।

“त्यहाँ धेरै ठूलो सङ्ख्यामा व्यक्तिहरू हराइरहेका हुनसक्ने हामीलाई प्राप्त खबरमा जनाइएको छ,” ती अधिकारीले भने ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले ठूलो सङ्ख्यामा हराइरहेका व्यक्तिहरू रहेको स्वीकार गर्दै एक ट्वीटमा भनेको छ, “हामीलाई डर छ कि धेरै मानिसहरूको ज्यान गएको छ । प्रारम्भिक रिपोर्टअनुसार जहाजमा ४०० को हाराहारीमा यात्रु सवार थिए ।

ग्रीसका राष्ट्रप्रमुख, राष्ट्रपति कटरीना साकेलारोपोलोउले उद्धार र आवास प्रतिकार्यका बारेमा वरिष्ठ अधिकारीहरूसँग छलफल गर्न बुधबर पछि कलामाटा बन्दरगाहको भ्रमण गर्ने बताएका छन् ।

सन् १९९३ को एएफपीको रेकर्डअनुसार ग्रीसमा सबैभन्दा धेरै मानिस ९आप्रवासी० को मृत्यु भएको त्रासदीपूर्ण घटना सन् २०१६ मा भएको थियो ।

उक्त घटनामा कम्तीमा ३२० जनाको मृत्यु भएको वा बेपत्ता भएको उल्लेख गरिएको थियो ।

आईओएमले बुधबारसम्म पूर्वी भूमध्यसागरमा हराएका ४८ आप्रवासीको सूची सार्वजनिक गरेको थियो ।

उद्धारकार्यमा नौसेनाका जहाजका साथै सेनाको एउटा विमान, हेलिकप्टरका साथै त्यस क्षेत्रमा रहेका अन्य छ वटा डुङ्गा पनि प्रयोग गरिएको छ ।

कोस्टगार्डले भनेको छ, “बुधबार बिहानैदेखि पाइलोसमा ठूलो सङ्ख्यामा आप्रवासीलाई लिएर माछा मार्ने डुङ्गा पल्टिएपछि उद्धार कार्य व्यापक बनाइएको छ ।

ग्रीसका सञ्चारमाध्यमका अनुसार बन्दरगाहको अस्पतालमा करिब ३० जनालाई लगिएको छ तर तटरक्षकबलले यो सङ्ख्या चारजनामा सीमित गरेको छ ।

कोस्टगार्डका अनुसार युरोपको फ्रन्टेक्स एजेन्सीको एक सर्भिलेन्स प्लेनले मङ्गलबार दिउँसो डुङ्गा देखेको थियो तर यात्रुहरुले कुनै सहयोग गर्न अस्वीकार गरेका थिए ।

डुङ्गामा सवार कसैले पनि लाइफ ज्याकेट नलगाएको र आफ्नो राष्ट्रियता तत्काल नखुलाएको बताइएको छ ।

ती आप्रवासीहरू लिबियाबाट इटालीतर्फ प्रस्थान गरेको अधिकारीहरूले बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT