Techie IT
२०८१ जेठ २, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियआज चिनियाँ राष्ट्रपतिको जन्मदिन, यस्ता छन् उनीबारे रोचक कुराहरु

आज चिनियाँ राष्ट्रपतिको जन्मदिन, यस्ता छन् उनीबारे रोचक कुराहरु


एजेन्सी । आज चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो ७० औं जन्मदिन मनाउँदै छन् । यस अवसरमा सी चिनफिङको जीवनसँग सम्बन्धित केही रोचक कुराहरू थाहा पाउनुहोस् ।

जिनपिङकी पत्नी पेङ लिआन एक प्रसिद्ध समकालीन लोक गायिका हुन्। उनको पहिलो विवाह एक कूटनीतिज्ञकी छोरी लिङ्लिङसँग भएको थियो तर उनीहरुको विवाह ३ वर्षमा टुङ्गिएको थियो ।

उनको जन्म १५ जुन १९५३ मा फुपिङ काउन्टी, शान्सी प्रान्तमा भएको थियो। केही स्रोतहरूले उनको जन्म बेइजिङमा भएको बताएका थिए। उनका बुबा सी झोङक्सन क्रान्तिकारी र माओ त्सेतुङका प्रारम्भिक सहयोगी थिए।

जिनपिङले सन् १९७९ मा सिङ्गुआ युनिभर्सिटीबाट केमिकल इन्जिनियरिङ गरेका थिए भने कानूनमा डक्टरेट प्राप्त गरे। उनले १९६९ देखि १९७५ सम्म शान्सीको लिआङ्जियाहेमा कृषि मजदुरको रूपमा काम गरे। उनी पहिलो पटक २०१३ मा चीनको राष्ट्रपति निर्वाचित भए।

मिडिया रिपोर्टका अनुसार जिनपिङले कडा मेहनत गरेर सत्ताको शिखरमा पुगेका हुन्। यानानमा जिनपिङले आफ्नो जीवन खेतीबाट सुरु गरेका थिए। यो क्षेत्र गृहयुद्धका बेला चिनियाँ कम्युनिष्टहरूको गढ मानिन्थ्यो।

चिनफिङको जीवनको रोचक कुरा के छ भने एकातिर चीनका सबै क्षेत्र तीव्र गतिमा सहरीकरणतर्फ उन्मुख छन्। तर, राष्ट्रपति सी जिनपिङको गाउँलाई भने त्यस्तै राखिएको छ । यो क्षेत्र कम्युनिष्ट पार्टीका सदस्यहरुको तीर्थस्थल हो ।

प्रतिवेदनबाट प्राप्त जानकारी अनुसार ६० को दशकमा माओले आफ्नो पार्टीका नेतामाथि दमन गरेका थिए । जिनपिङले पनि धेरै समस्याको सामना गर्नुपरेको थियो । उनका बुबालाई कम्युनिष्ट पार्टीबाट निष्कासन गरिएको थियो । यति मात्र होइन, जेल पनि जानुपरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मुम्बईमा होर्डिङबोर्ड खस्दा १४ जनाको मृत्यु

काठमाडौँ । भारतको मुम्बईमा होर्डिङ बोर्ड खसेर च्यापिँदा १४ जनाको मृत्यु भएको छ । मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक

भारतमा चौथो चरणको मतदान जारी

एजेन्सी । भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ । आज १० राज्य र केन्द्रशासित प्रदेशका ९६ सिटका

गाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै इजरायल

एजेन्सी । इजरायलले दक्षिणी गाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै हजारौं प्यालेस्टाइनीहरूलाई रफाह छोड्न अपील गरेको छ । इजरायली सेनाले इजरायलले

केजरीवाललाई सर्वोच्च अदालतले दियो अन्तरिम जमानत

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ । सर्वोच्च अदालतले मनी लान्ड्रिङ मुद्दामा केजरीवाललाई

भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु

काठमाडौँ । छिमेकी राष्ट्र भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु भएको छ । बिहान ७ बजेबाट त्यहाँ मतदान

ब्राजिलमा बाढीको कारण ५५ जनाको मृत्यु, ७४ व्यक्ति बेपत्ता

काठमाडौँ । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने ७४ जना बेपत्ता भएका छन् ।

Techie IT