Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालरवि लामिछानेको बयान आज पनि लिइने

रवि लामिछानेको बयान आज पनि लिइने


काठमाडौं । पूर्वगृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा निलम्बित सांसद रवि लामिछाने विरुद्ध मुद्दा दायर भए सँगै आज (शुक्रबार) पनि बयान हुने भएको छ ।

सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेको बयान बिहीबार बाट शुरु भएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा बिहीबार दिउँसो बाट शुुरु भएको बयान २ घण्टा सम्म चलेको थियो ।

लामिछानेको बाँकी बयान आज पनि हुनेछ । सोमबार र मंगलबार अदालतमा लगिए पनि पालो नआएका कारण उनको बयान हुन सकेको थिएन । सोही बीचमा उनी संघीय संसद्को सांसद पद बाट निलम्बन भइसकेका छन् ।

मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्व डी.आई.जी छविलाल जोशी सँग बयान सकिए पछि अर्का प्रतिवादी लिला पछाई सँग बयान लिन शुुरु भएको थियो । जोशीको भने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा न्यायाधीश नितिज राईले अदालतमा बयान लिइएको थियो । छविको बयान मंगलबार सकिए पछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिइएको थियो ।

कास्की अदालतको बेन्चले सुनुवाइ सकिए पछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्ने बारे आदेश दिनेछ । सरकारी वकिलको कार्यालय कास्कीले लामिछाने र जोशी सहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT