Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक

चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक


काठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गीत ‘कौडा/चुट्का’मा आधारित छ, जुन लोक सङ्गीतको एक विशेष र चर्चित विधा हो । यो भाकामा जीवनका विभिन्न भावनाहरू—प्रेम, वियोग, हास्यव्यङ्ग्य, व्यथा र सामाजिक परिवेशलाई सरल तरिकाले व्यक्त गरिन्छ । सार्वजनिक ‘मखमली’ गीतले यस चलचित्रका अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेमलाई व्यक्त गरेको छ । गण्डक क्षेत्रमा चर्चित मानिने यो भाका यो चलचित्रमा भने पूर्वी नेपालको पाँचथरको संस्कृतिमा मिसाइएको छ । यस चलचित्रको छायाङ्कन पाँचथर र नेपाल भारत सिमाना फालेलुङमा गरिएको छ ।

गीतमा सुजन चापागाईँ र सुनिता थेगिमको स्वर रहेको छ भने हर्क साउदको शब्द रचना र गायक चापागाईँकै सङ्गीत रहेको छ । यसका सङ्गीत निर्माता कोविद बज्र हुन् । दीप गुरुङले कोरियोग्राफी गरेको यस गीतको भिडियोमा अभिनेता विल्सन बिक्रम राईलाई रोचक भूमिकामा राखिएको छ ।

२०८२ सालको वैशाख २६ गते रिलिज हुने यस चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ । नवीन चौहानले निर्देशन गरेको ‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.ले निर्माण गरेको पहिलो फिचर चलचित्र हो, जसले यसअघि थुप्रै म्युजिकल फिल्महरू निर्माण गरेर लोकप्रियता हासिल गरेको थियो । आर्टमाण्डूले यसअघि ‘घुमी घुमी,’ ‘देखेर तिमीलाई – तीन पाते,’ ‘फूलथुङ्गे रानी,’ ‘चन्द्रमा’ जस्ता साङ्गीतिक चलचित्रहरू बनाएको थियो र चौहानले नै निर्देशन गरेका थिए । फिचर चलचित्रको रूपमा भने चौहानको ‘ऊनको स्वीटर’ पहिलो हो । चलचित्रलाई चौहानले नै लेखेका हुन् भने लेखन सहकार्यमा सुरज कटुवाल रहेका छन् ।

चलचित्रका सङ्गीत निर्देशक सुजन चापागाईँ हुन् र सङ्गीत निर्माण तथा ब्याकग्राउण्ड म्युजिक कोविद बज्रले तयार गरेका छन् । चलचित्रमा समावेश गीतका रचनाकारहरू हर्क साउद र युवराज काफ्ले हुन् भने सङ्गीतकारहरू सुजन चापागाईँ र झुमा लिम्बु हुन् । गीतमा सुजन चापागाईँ, झुमा लिम्बु, सुनिता थेगीम र सलिना बि.क.को स्वर रहेको छ । कोरियोग्राफी रोशन बि.क. र दीप गुरुङले गरेका छन् । चलचित्रको सिनेमाटोग्राफी चिन्तन राजभण्डारीले गरेका छन् भने सम्पादन कृष्ण भण्डारीले गरेका छन् ।

चलचित्रको एशोसियट निर्माता केन्द्र मोशन पिक्चर्स हो भने सह-निर्माताहरूमा साहाङ्ग चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने रहेका छन् । कार्यकारी निर्मातामा सागर बुढाथोकी र मिलन खत्री छन् । चलचित्रको कला निर्देशन विशाल न्यौपानेको टिमले सम्हालेको छ । पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम)ले गरेका छन् । सोसल मिडिया व्यवस्थापनमा प्रकाश क्षेत्री, विवेक खकुरेल, र ज्ञानु सङ्गम खड्का रहेका छन् । यस चलचित्रको वितरण काफिया फिल्म्स प्रा.लि. र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन् ।

मुख्य सहायक निर्देशक फिरोज खड्का, लाइन प्रोड्युसर फुङ्सो जबेगु, स्थानीय सहजकर्ता प्रज्वल बास्कोटा हुन् । प्रोडक्सन डिजाइन काजी राना र गुणराज देवानले गरेका छन् । मेकअप आर्टिस्ट आयाज शेख, कस्ट्युम डिजाइनर सुजन परियार, हेयर स्टाइलिस्ट सुशीला साम्बा, एक्टिङ तथा कास्टिङ निर्देशक सुरज तमू रहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

Techie IT