Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियकोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ९६ पुग्यो

कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ९६ पुग्यो


एजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ९६ पुगेको छ ।

बैंकक बाट दक्षिण कोरिया फर्किरहेको जेजु एयरको विमान दुर्घटनामा दुई जनाको जिवितै उद्दार गरिएको छ । एक यात्रु र एक जना चालक दलका सदस्यलाई उद्धार गरिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विमानमा रहेका बाँकी चालक दलका सदस्य र यात्रु जिवितै भेटिने सम्भावना न्युन रहेको छ । १ सय ७५ यात्रु र ६ जना चालक दलका सदस्य सहित विमानमा १ सय ८१ जना सवार थिए ।

विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्ग बाट चिप्लिएर बारमा ठोक्किएर दुर्घटना भएको हो । विमानको ल्यान्डिङ गियरमा खराबी आएको आशंका गरिए पनि केही प्रत्यक्षदर्शीले विमान चरा सँग ठोक्किएको देखेको बताएको समाचारमा उल्लेख छ ।

दुर्घटना भएको ४३ मिनेट पछि आगो नियन्त्रणमा लिइएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

इजरायलद्वारा इरानमाथि आक्रमण शुुरु

एजेन्सी । इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ

अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो

एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्सामले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्ने बताएका छन । क्यालिफोर्नियाको लस एन्जलस

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

ट्रम्पद्वारा विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

Techie IT