Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थचितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता

चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता


काठमाडाैँ । चितवनमा चलिरहेको चितवन महोत्सवको अवसरमा भएको कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग घटाउनुपर्नेमा विज्ञले जोड दिएका छन् ।

‘स्वच्छ उत्पादन, स्वस्थ खाना र युवा उद्यमशीलता विषादीरहित व्यावसायिक कृषि आजको आवश्यकता’ विषयक कृषि गोष्ठीमा कृषि विज्ञ कृष्ण पौडेल, सुजन अमागाईं, चन्द्रप्रसाद अधिकारीलगायतले कार्यपत्र प्रस्तुत गर्नुभयो ।

उहाँहरुले पछिल्लो समय कृषि उपजमा विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । साथै विषादीको अनियन्त्रित प्रयोग भइरहेकोमा यसलाई घटाउँदै लैजानुपर्नेमा विज्ञको जोड छ । नेपालमा धेरै जसो तरकारीमा विषादीको प्रयोग उच्च रहेको विज्ञको भनाइ छ ।

विषादी छर्दा किसान आफैँ पनि असुरक्षित हुने भएकाले विज्ञहरुले किसानमा थप चेतनाको खाँचो रहेको बताउनुभएको छ । सुधारिएको प्राङ्गारिक कृषि प्रणाली अवलम्बन गरी रासायनिक विषादीको प्रतिस्थापन गर्नु आजको आवश्यकता भएको उहाँहरुको तर्क छ ।

विषादीको जथाभावी बिक्री वितरणलाई पनि नियन्त्रण गर्न जरुरी रहेको कृषि विज्ञले सुझाव दिनुभएको छ । किसानले विषादी प्रयोगको मात्रा बढाउँदै लगेको अवस्थामा यसले मानव स्वास्थ्यसँगै वातावरणमा पनि नकारात्मक प्रभाव पारिरहेको कृषि विज्ञ पौडेलले बताउनुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनकी उपकुलपति प्रा.डा.शारदा थपलियाले अहिले प्रयोग भइराखेको विषादी र औषधीले काम नगर्ने अवस्था आएको बताउनुभयो । किसानले कडा खालका विषादी खोज्ने गरेको र नपाएको खण्डमा भएकै विषादीलाई कडा बनाउने नाममा अत्यधिक प्रयोग गरिरहेको उहाँको भनाइ छ ।

एउटा विषादीको निरन्तर प्रयोग गरिरहँदा त्यसलाई किराले सहन गर्न सक्ने क्षमता विकास हुने अवस्थामा विषादीको मात्रा बढाउने नभई विषादीको परिवर्तन गर्नुपर्नेमा उहाँको जोड छ । कृषिमा अब रासायनिक मलभन्दा पनि प्राङ्गारिक मलको प्रयोगलाई बढाउँदै लैजानुपर्ने विज्ञको सुझाव छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

दुग्ध किसानले पाउनुपर्ने बक्यौता पुग्यो ५ अर्ब रुपैयाँ

काठमाडौं । सरकारी र निजी क्षेत्रका दुग्ध व्यवसायीबाट किसानलाई दुध खरिद गरेको पाँच अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै

बागलुङ । यहाँस्थित संसारकोटमा पूर्वाधार निर्माणले गति लिएको छ । भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर

Techie IT