Techie IT
२०८३ असोज १४, बुधबार
NepaliPatra logo
गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको अवरोध

हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको अवरोध


एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको उत्तरमा रहेको आफ्नो घर फर्कन बाट रोकेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हमासले चार जना इजरायली महिला सैनिकलाई रिहा गरेपछि र इजरायलले २०० प्यालेस्टिनी कैदीलाई रिहा गरेपछि विवाद उत्पन्न भएको हो ।

तर, इजरायली सरकारले इजरायली नागरिक आर्बेल येहुदको रिहाईको योजना नबने सम्म गाजावासीलाई उत्तर तर्फ यात्रा गर्न नदिइने बताएको छ । हमासले उनी जीवित रहेको र अर्को हप्ता रिहा हुने बताएको छ । सम्झौता अनुसार हमासले सैनिकको अगाडि सर्वसाधारणलाई रिहा गर्नुपर्ने थियो ।

शनिबार साँझ मध्य गाजाको अल–रसिद सडकमा घर फर्कनका लागि भीड जम्मा भइरहेका बेला गोली चलेको बताइएको छ । समाचार एजेन्सी रोयटर्सले हमास द्वारा सञ्चालित स्वास्थ्य मन्त्रालय र प्यालेस्टाइनी सञ्चार माध्यमलाई उद्धृत गर्दै एक व्यक्तिको मृत्यु भएको र केही घाइते भएको जनाएको छ ।इजरायली डिफेन्स फोर्सेज (आईडीएफ) ले मध्य गाजामा दर्जनौं शंकास्पद व्यक्तिहरूको पहिचान भएपछि सेनाले गोली चलाएको बताएको छ।

इजरायलीहरूले मध्यस्थहरू सँग मिस येहुदको लागि हमास बाट जीवनको प्रमाण मागेका छन् । सन् २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएका चार जना महिला इजरायली सैनिकलाई युद्धविराम सम्झौता अन्तर्गत शनिबार रिहा गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT