Techie IT
२०८३ असोज ९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने हमासको घोषणा

इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने हमासको घोषणा


एजेन्सी । हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ स्थगित गर्न लागेको हो ।

हमासको सशस्त्र शाखाका एक प्रवक्ता अबु ओबेदाले इजरायलले आफ्नो दायित्व पूरा नगरे सम्म रिहाइ अगाडि नबढ्ने बताए । हमासले विस्थापित प्यालेष्टिनीलाई फर्काउन ढिलाइ गरेको, मानिसहरू माथि गोली चलाएको र गाजामा मानवीय सहायता प्रवेश गर्न नदिएको आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

इजरायलका रक्षा मन्त्री इजरायल काट्जले हमासको यो घोषणालाई ‘युद्धविराम सम्झौताको पूर्ण उल्लंघन’ भनेका छन् । रक्षा मन्त्रीले इजरायल रक्षा बललाई गाजामा हुने कुनै पनि सम्भावित परिस्थितिको लागि उच्चतम स्तरको सतर्कतामा तयार रहन र समुदायहरूको सुरक्षा गर्न आदेश दिएका छन् ।

इजरायलमा थुनामा रहेका थप प्यालेस्टिनी कैदीहरूको बदलामा गाजामा बन्दी बनाइएका तीन जनालाई शनिबार रिहा गर्ने तय भएको थियो । जनवरी १९ मा युद्धविराम शुरु भएदेखि ५ सय ६६ कैदीको बदलामा १६ इजरायली र पाँच थाई बन्धक रिहा भएका छन् ।

तीन साताकोे अवधिमा युद्धविरामको पहिलो चरणको अन्त्यसम्ममा, ३३ बन्धक र १ हजार ९०० कैदी रिहा हुने अपेक्षा गरिएको समाचारमा उल्लेख छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT