Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनदुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक


काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा शब्द तथा संगीत पनि दुर्गेश स्वयंको छ । असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिएको गीतले जस्तो मान्छे त्यस्तै व्यवाहार हुने सत्यलाई उजागर गरेको छ ।

गीतमा एरेन्ज पनि दुर्गेशले नै गरेका छन् । ब्याकग्राउन्ड भोकल आरसी रिमाल र भुषण खतिवडाको छ । गीतको भिडियोमा चलचित्रका मुख्य विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत रहेका छन् । दुर्गेश स्वयंले पनि भिडियोमा राम्रो समय अकुपाइ गरेका छन् ।

ट्रेलरले राम्रो हाइप बनाइरहेको अवस्थामा दुर्गेशको गीतले यसलाई थप हाइप दिने अपेक्षा निर्माणपक्षको छ । यसैबीच, ‘कर्मा’को ट्रेलर नेपालसहति कतार, कोरिया र जापानमा पनि युट्युब ट्रेन्डिङमा परेको हो ।

विपीनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका छन् ।

‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ । नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।

‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

यो चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

‘महाभोज’ अब जेठ ३० गते रिलिज हुने

काठमाडौँ । विशेष परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको नेपाली चलचित्र ‘महाभोज’ अब यही जेठ ३०

Techie IT