गृहपृष्ठ ∕ खेल ∕ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन नेपालीपत्र आईतबार, २०८२ वैशाख १४ गते, ०८:३८ मा प्रकाशित खेल काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार पोखरा थन्डर्सविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै लगातार दोस्रोपल्ट च्याम्पियन बनेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन इमोह इजेकेल र पापा केबेले गोल गरे । पोखराका सुदील राईले गोल गरे पनि टिमको हार टार्न सकेनन् ।खेलको ४२औँ मिनेटमा इमोहले गोल गरेपछि ललितपुरले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ६४औँ मिनेटमा सुदीलको गोलमा पोखरा खेलमा फर्कियो । तर, ७४औँ मिनेटमा केबेले गोल गर्दै ललितपुरलाई पुनः २–१ को अग्रतामा राखेका थिए । केबेको यही गोल निर्णायक बनेपछि ललितपुरले लगातार दोस्रोचोटि उपाधि चुमेको हो ।ललितपुरले सन् २०२३ मा सम्पन्न प्रतियोगिताको दोस्रो संस्करणको फाइनलमा धनगढी एफसीलाई हराउँदै उपाधि जितेको थियो । #नेपाल सुपर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुनेकाठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाल सेमिफाइनलमा प्रवेशकाठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिगधेरै पढिएका खबर १ अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा २ अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो ३ ‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा ४ म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा ५ हेटौँडाकाे विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोड रूपैयाँका सामान हराए ६ बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट ७ शङ्कर पोखरेल बेलायतमाThe Film Nepal