Techie IT
२०८२ वैशाख १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियभारतको अहमदाबादमा बङ्गलादेशी नागरिकविरुद्धको कारबाही रोकिएन

भारतको अहमदाबादमा बङ्गलादेशी नागरिकविरुद्धको कारबाही रोकिएन


एजेन्सी । भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् (भत्काउने अभियान) तीव्र बनेको बीबीसी हिन्दीले जनाएको छ । कुनै अप्रिय घटना नहुँन स्थानिय सुरक्षा निकायले सतर्कता बढाएको छ ।

संयुक्त प्रहरी आयुक्त शरद सिंहले अहमदाबाद महानगरपालिकाले सियासत नगर, बङ्गाल वास क्षेत्रमा सर्वेक्षण गरेकामा केही घरहरू तालमा माटो हालेर बनाइएको पाइएको बताउनुभएको समाचारमा उल्लेख छ ।

यसका लागि जम्मा ६ वटा डोजर र झन्डै २ हजार प्रहरी तैनाथ गरिएको छ । त्यहाँ मुख्यतया बङ्गलादेशी नागरिकहरू बसोबास गर्दै आएका छन् । चण्डोला ताल वरपर मुस्लिम समुदायको बसोबास छ ।

सरकारी कागजातअनुसार, त्यस क्षेत्रमा धेरैजसो बङ्गलादेशीहरू बस्ने गरेका छन् । मानिसहरूले आफ्नो घर खाली गर्न थालेका समाचारहरु आएका छन ।

घर भत्काउने कारबाहीलाई रोक्नका लागि केही स्थानीयवासीहरूले गुजरात उच्च अदालतमा निवेदन दायर गरेका थिए । तर अदालतले निवेदन खारेज गरेको छ ।

सरकारले विगत चार दिनमा झन्डै एक हजार ७ सय जनालाई नियन्त्रणमा लिएकोमा केही मानिसलाई छाडेको छ । सरकारले त्यहाँ बनेका घरहरू अवैध भनेको छ ।

जम्मू–कश्मीरमा २६ जनाको ज्यान जाने गरी भएको आतङ्कवादी आक्रमणपछि गुजरातमा यो कारबाही शुरू गरिएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइते

एजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

Techie IT