गृहपृष्ठ ∕
नेपाल ∕
ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर असारदेखि सञ्चालनमा आउने ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर असारदेखि सञ्चालनमा आउने
काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठको अन्त्यसम्ममा पूरा हुने बताएका छन ।
ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको स्थलगत निरीक्षणका क्रममा मन्त्री दाहालले बाँकी रहेका कामहरु चाँडोभन्दा चाँडो पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । मन्त्री दाहालले प्राविधिक रुपमा समस्याहरु आउँदा निर्माण सम्पन्न हुन समय लागेपनि परिणाम सन्तोषजनक आएको बताउँदै असार १ गतेदेखि सवारी सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिए ।
२०७८ सालदेखि निर्माण सुरु भएपनि प्राविधिक समस्याका कारण आयोजना समयमै सम्पन्न हुन नसकेको उनको भनाई थियो । मन्त्री दाहालले मनसुन सुरुभएसँगै मुख्य राजमार्गहरुमा आउने समस्या समाधानका लागि पूर्व तयारीका कामहरु भइरहेको समेत जानकारी दिए ।
विपद् न्यूनीकरणका लागि स्थानीयबासी र सवारी चालकलाई सतर्क गराउनेलगायत उपलब्ध स्रोत साधनलाई स्ट्याण्डवाई राखेर समस्या आएलगत्तै समाधान गर्नेगरि तयारी अवस्थामा राखेको मन्त्री दाहालले बताए । उनले विभिन्न राजमार्गहरुमा निर्माणकार्य जारी नै रहेकाले सम्बन्धित निर्माण कम्पनीलाई पूर्व तयारी अवस्थामा बस्न आग्रह समेत गरे ।।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । हिजो घाँस काट्न र चिउरी
काठमाडौँ । आईतबार बिहानदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको छ । करिडोरअन्र्तगत गुल्मीको कालीगण्डकी गाउँपालिका–१
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि
काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका