Techie IT
२०८२ जेठ २४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालपर्साको नारायणी अस्पतालमा विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइलको लाइट बालेर उपचार

पर्साको नारायणी अस्पतालमा विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइलको लाइट बालेर उपचार


पर्सा । पर्साको नारायणी अस्पतालमा विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइलको लाइट बालेर बिरामीको उपचार गरिएको छ ।

अति संवेदनशील मानिने ‘आईसीयू’ र ‘सीसीयू’ कक्षमा शुक्रवार राति आकस्मिक रुपमा विद्युत सेवा अवरुद्ध हुँदा मोवाइलको लाइट बालेर उपचार गर्नुपरेको हो । मध्यरातमा झन्डै साढे दुई घण्टा विद्युत् सेवा विच्छेद भएको थियो ।

अस्पतालको आईसीयू र सीसीयू शय्यामा १७ जना बिरामी उपचारत थिए । अस्पताल प्रशासन तथा व्यवस्थापनले समयमा ध्यान नदिँदा विद्युत सेवा अवरुद्ध हुन पुगेको थियो ।

जिल्ला प्रशासन कार्यालयले नारायणी अस्पतालको संवेदनशील कक्षमा विद्युत् आपूर्ति विच्छेद हुनु गम्भीर विषय रहेको भन्दै आन्तरिक छानबिन गरेर आवश्यक कारबाही गर्न निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पर्साका प्रहरी प्रमुख गौतम मिश्रले अस्पतालका पदाधिकारी तथा कर्मचारीसँग संयुक्त बैठक गरी संवेदनशील हुन निर्देशन दिएका हुन् ।

नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले आउँदो दिनमा यस्तोखाले घटना दोहोर्‍याउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

सप्तरीमा डाका समूहद्वारा १ जनाको हत्या

सप्तरी । डाकाको एक समूहले सुरुङगा नगरपालिका– ८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्या समेत गरेको छ

कैलाश मानसरोवर दूरदर्शन शुरु

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन शुरु भएको छ । वैशाख महिनाको दोस्रो

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

राजावादीहरू दोस्रो चरणको आन्दोलनको तयारीमा

काठमाडौँ । राजावादीहरुको संयुक्त जनआन्दोलन समितिले पहिलो चरणको एक साता लामो आन्दोलन ‘उत्साहजनक रूपमा’ सम्पन्न भएको निष्कर्ष निकाल्दै दोस्रो चरणको

Techie IT