Techie IT
२०८२ जेठ २४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर


काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ । चलचित्रको भव्य प्रिमियर आगामी जुन १ तारिख, शनिवार, अस्ट्रेलियाको पर्थस्थित ग्यालेरिया सपिङ सेन्टरको इभेन्ट सिनेमामा आयोजना हुने पक्का भएको छ । साँझ ६ बजेबाट सुरु हुने प्रिमियरको व्यवस्थापन पर्थमा त्यहाका आयोजक र अस्ट्रेलिया वितरक रोटेपिङ इन्टरटेन्मेन्टले गरिरहेको छ ।

यो चलचित्र नेपालमा जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शन गर्ने तयारीमा थियो । तर, सोही दिन राजधानी काठमाडौंसहित देशभर राजनीतिक अस्थिरता र आन्दोलनको सम्भावित जोखिम देखिएपछि फिल्मको रिलिज अन्तिम घडीमा रोकिएको थियो । मनोरञ्जनसँगै नेपाली समाजको समसामयिक कथा बोकेको ‘महाभोज’ यस्तो संवेदनशील परिस्थितिमा प्रदर्शन गर्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै निर्माण टिमले उक्त निर्णय लिएको थियो ।

नेपालमा प्रदर्शन रोकिए पनि अस्ट्रेलियाको प्रिमियर भने यथावत् राखिएको छ । तर, छोटो समय र तयारीको व्यस्तताका कारण चलचित्र टोलीका प्रमुख कलाकार र निर्देशकले यो प्रिमियरमा सहभागिता नजनाएता पनि केही दिन पछि सबै सहरको शोहरूलाई लक्षित गरेर सहभागी हुनेछन् ।

चलचित्रका निर्देशक दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’ले सहकारी ठगीको मारमा परेको परिवारको स्थिति, यसले समाजमा पारेको प्रभाव तथा प्रत्येक व्यक्ति कसरी प्रभावित छन् भन्ने कथा मनोरञ्जनात्मक तथा भावनात्मक तरिकाले भन्छ । यसमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय रहेको छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यो चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।

केही दिन अघि काठमाडौंमा ‘महाभोज’को प्रिभ्यु प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनमा केही सहकारी पीडितहरू, पत्रकारहरू तथा चलचित्र युनिट सहभागी थियो । प्रदर्शनपछि पत्रकारहरूबाट चलचित्रको विषयवस्तु र प्रस्तुतिलाई लिएर सकारात्मक प्रतिक्रिया आएको छ । सामाजिक यथार्थलाई कलात्मक ढङ्गमा चित्रण गर्न सकिएको भन्दै चलचित्रको प्रशंसा गरिएको छ । सहकारी पीडितहरूले आफूहरूलाई अधिकारको लागि बोल्न प्रेरित गरेको बताएका थिए ।

नेपालमा रिलिज ढिलाइ हुने भए पनि अन्तर्राष्ट्रिय बजारबाट सकारात्मक सङ्केत पाइरहेको ‘महाभोज’ले अस्ट्रेलियाबाट सुरु हुने अन्तर्राष्ट्रिय यात्रामा कस्तो प्रभाव पार्छ भन्ने प्रतीक्षा नेपाली फिल्म क्षेत्रले चासोपूर्वक गरिरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा

‘महाभोज’ अब जेठ ३० गते रिलिज हुने

काठमाडौँ । विशेष परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको नेपाली चलचित्र ‘महाभोज’ अब यही जेठ ३०

चलचित्र ‘परिवर्तन’ निर्माण घोषणा, अञ्जना बराइली र सुशील श्रेष्ठको प्रमुख…

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय निर्देशक विजय केरुङले नयाँ चलचित्र ‘परिवर्तन’ निर्देशन गर्ने भएका छन्

‘महाभोज’ – संयोगजस्तै लाग्ने तर गहिरो सन्देश बोकेको कथा हो:…

काठमाडौँ । यही जेठ १५ गते बिहीबार रिलिज हुने चलचित्र ‘महाभोज’ अहिलेको समयसँग अनौठो संयोग भएको फिल्म हो । तर

‘होस्टेल ३’ टिमबाट नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा’ घोषणा, पुस्तान्तरणको…

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको सफल प्रस्तुति ‘होस्टेल ३’ले सिर्जना गरेको उत्साह अझै सेलाउन नपाउँदै, सोही सृजनात्मक टिमले फेरि नयाँ

चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा गरिएको छ । मंगलबार निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा

Techie IT