Techie IT
२०८२ साउन १५, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियट्रम्पद्वारा विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध

ट्रम्पद्वारा विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् ।

त्यस्तै, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला गरी सात देशका नागरिकहरूलाई आंशिक प्रतिबन्ध लगाइनेछ । यो घोषणामा ग्रिनकार्डवाहकहरू, हालका भिसावाहकहरू, केही निश्चित भिसा श्रेणीहरू र अमेरिकी राष्ट्रिय हितमा सेवा गर्ने व्यक्तिहरूलाई भने छुट दिइएको छ ।

कोलोराडोको बोल्डरमा भएको यहुदी विरोधी आक्रमणपछि राष्ट्रपति ट्रम्पले यो घोषणामा हस्ताक्षर गर्ने अन्तिम निर्णय लिएका हुन् । प्रतिबन्ध जुन ९ देखि लागु हुनेछ । ती देशका नागरिकले अमेरिकाको राष्ट्रिय सुरक्षा जोखिम पुर्‍याउने भन्दै अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता एबिगेल ज्याक्सनले अमेरिकी नागरिकलाई क्षति पुर्‍याउन सक्ने भएकाले राष्ट्रपति ट्रम्पले अमेरिकीहरूलाई खतरनाक विदेशीहरूबाट बचाउन १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएको बताइन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

एजेन्सी । रुसमा ४९ जना सवार एक बिमान दुर्घटना भएको छ । अंगारा एयरलाइन्सको एन–२४ विमान रुसको अमुर क्षेत्रबाट टाइन्डा

गाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्यु

एजेन्सी । गाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ साताका शिशु पनि रहेका

भारतका उपराष्ट्रपति जगदीप धनखरद्वारा पदबाट राजीनामा

एजेन्सी । भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र डाक्टरको सल्लाहअनुसार पदबाट राजीनामा दिने निर्णय गरेका छन् ।

गाजामा मानवीय सङ्कट गहिरिँदै, ईयूको ध्यान सहयोगमा केन्द्रित

एजेन्सी । युरोपेली युनियन (ईयू) का परराष्ट्र मन्त्रीहरूले गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

Techie IT