Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो

अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो


एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्सामले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्ने बताएका छन ।

क्यालिफोर्नियाको लस एन्जलस सहरमा जारी आप्रवासी प्रदर्शन रोक्न ट्रम्पले आफ्नो अनुमतिबिना राष्ट्रिय गार्ड तैनाथ गरेको भन्दै उनले ट्रम्प प्रशासनविरुद्ध मुद्दा हाल्ने भएका हुन् । अमेरिकाको अध्यागमन एजेन्सीले अवैध आप्रवासीविरुद्ध धरपकड गरेको भन्दै लस एन्जलसमा विरोध प्रदर्शन भइरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रदर्शन चर्किएपछि आइतबार अमेरिका राष्ट्रपति ट्रम्पले लस एन्जलसमा २ हजार राष्ट्रिय गार्ड तैनाथ गरेका छन । आप्रवासी प्रदर्शनका कारण लस एन्जलस शुक्रबारदेखि अशान्त छ ।

प्रदर्शनकारीले आगजनीसमेत गरेका छन । अमेरिकाका पूर्वउपराष्ट्रपति कमला ह्यारिसले पनि ट्रम्पको यो कदमको आलोचना गरेकी छिन । उता प्रदर्शन चर्केपछी सरकारले लसएन्जलसको डाउनटाउनमा निषेधित क्षेत्र घोषणा गरेको छ । प्रहरी र प्रदर्शनकारीबीच ब्यापक झडप भएको छ । सोही क्रममा प्रहरीले भिड नियन्त्रण गर्न कयौं शेल अश्रुग्यास र लाठीचार्ज समेत प्रहार गरेको छ ।

लस एन्जलसमा प्रदर्शन चर्कंदै गएपछि ट्रम्पको आदेशमा परिचालन गरिएको राष्ट्रिय सुरक्षागार्डको वेवास्ता गरी प्रर्दशनकारीहरुले प्रदर्शन झन चर्काएका छन् । जताततै आगजनी र तोडफोड गर्ने केही प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कागजात नभएका आप्रवासीहरूमाथि छापा मार्ने क्रममा विरोध भएपछि प्रदर्शन चर्केको समाचारमा उल्लेख छ ।

अमेरिकाको क्यालिफोर्निया राज्यमा चार दिनदेखि चर्किएको विरोध प्रदर्शन नियन्त्रण गर्न अमेरिकाले ७ सय भन्दा बढी स्थल र जल सैनिक लस एन्जलसमा परिचालन गरेको छ । शक्ति प्रदर्शनको रूपमा ट्रम्पले सेनाको प्रयोगमा गरेको ठूलो वृद्धि गरिएको जनाइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

Techie IT