Techie IT
२०८२ भदौ २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलबाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट


काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर कलेजले सञ्चालन गरेको प्रतियोगितामा ‘बाघ’ले १३२ अंक प्राप्त गर्दै उपाधि जितेको हो ।

जुन २ बाट सुरु भएको उक्त प्रतिस्पर्धामा ३२४ टिमबाट १,६२० खेलाडी सहभागी भएका थिए । छ दिनसम्म सञ्चालन भएको अनलाइन प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्ने १६ टिमले अन्तिम चरणको लागि स्थान सुरक्षित गरेका थिए । अन्तिम १६ मा स्थान बनाउने टिमहरूमा फोर डेथ मेशिन्स, फोर अन्डरडग्स, एब्रप्ट स्लेयर्स, एई, बीएसी, बाघ ई–स्पोर्ट्स, दाइ ई–स्पोर्ट्स, ईजी फाइभ, एलएफएम, फोर वाईडी, नेपाल गेमिङ (एनजी), आरसी थर्टीटु, रियल सेभेज, आरथग, श्रीपेच ई–स्पोर्ट्स र ह्वाइट डेविल्स रहेका थिए । यी टिमहरूले जुन ८ देखि १० सम्म ल्यान टुर्नामेन्टमा १५ खेल खेलेका थिए ।

सोही खेलहरूमा बाघले १३२ अंक ल्याउँदै उपाधि जित्न सफल भयो । उपाधिसँगै बाघले नगद ५०,००० रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । नेपाल गेमिङ (एनजी) ले १२६ अंक ल्याएर दोस्रो स्थान प्राप्त गर्दै २०,००० रुपैयाँ जित्दा, बीएसीले १२४ अंकका साथ तेस्रो स्थान हासिल गरी १०,००० रुपैयाँ प्राप्त गर्‍यो ।

फ्यान फेभरेट टिम घोषित भएको बाघले थप ६,००० रुपैयाँ प्राप्त गरेको छ । त्यसैगरी, ‘विनर विनर चिकेन डिनर’ जित्ने टिमहरूलाई कुल ९,००० रुपैयाँ प्रदान गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी फोर डेथ मेशिन्सका आदित्य घोषित भए । उनले नगद ५,००० रुपैयाँ पुरस्कार प्राप्त गरे ।

ई–स्पोर्ट्स हब तथा टेनेट्सको सहकार्यमा सम्पन्न ‘वेस्टमिन्स्टर शोडाउन २०२५’ कार्यक्रमको मोबिलिटी पार्टनर टुटल तथा डिजिटल पार्टनरको रूपमा डिजीपल सोल्युसन्स रहेको थियो ।

कार्यक्रमपछि प्रतिक्रिया दिँदै कलेजका हेड अफ एडमिशन एण्ड मार्केटिङ गोविन्द देव बल्लभ अधिकारीले भने, “यस्ता प्रतिस्पर्धा केवल मनोरञ्जनका लागि मात्र होइन, लिडरशिप, टीमवर्क र आत्मविश्वास विकास गर्ने एउटा माध्यम हो। वेस्टमिन्स्टर शोडाउन २०२५ ले युवाहरूलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट मञ्च प्रदान गरेको छ ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी

काठमाडौँ । अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

Techie IT