गृहपृष्ठ ∕ जीवनशैली ∕ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभावखेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव नेपालीपत्र आईतबार, २०८२ असार १ गते, १०:१३ मा प्रकाशित जीवनशैली | नेपाल काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ ।बर्खे धान रोपाइँ र मकै खेतीका लागि किसानले मल पाउन नसकेका हुन् । नेपालमा सबै बालीका लागि करिब १२ लाख टन रासायनिक मल आवश्यक हुने गर्दछ । तर, सरकारले वार्षिक औसतमा साढे ३ देखि ४ लाख टन मात्रै मल उपलब्ध गराउदै आएको छ ।चालु आर्थिक वर्षमा कृषि मन्त्रालयले मल किन्न २७ अर्ब ९५ करोड बजेट छुट्याएको छ । उक्त रकमबाट ५ लाख ५० हजार टन खरिद गर्ने लक्ष्य राखेको छ । सोही परिमाण बराबर टेन्डर गरिए पनि आपूर्तिको अवस्थामा सुधार छैन ।चालु आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी हुँदा गत आर्थिक वर्षको मार्गस्थ परिमाण समेत गरेर ३ लाख ३८ हजार २ सय ७७ टन मल आयात भएको छ । यसमध्ये २ लाख ११ हजार २ सय २९ दशमलब ७ टन युरिया, १ लाख ११ हजार ७ सय ८२ दशमलब १ टन डीएपी र १५ हजार २ सय ६५ दशमलब २ टन आयात भएको मन्त्रालयको तथ्यांक छ । #मलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँगुल्मी । गुल्मीका किसानहरु यतिबेला खेतमा धान रोपाइँमा व्यस्त बनेका छन । वर्षा शुरु भएसँगै यहाँका किसानहरुलाई खेत रोपाइँको चटारो भोटेकोशीमा बाढी: रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रहकाठमाडाैँ । रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएको छ । बाढीलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णयकाठमाडाैँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । अघिल्लो हप्ता अमेरिकी सरकारले नगरप्रमुख भट्टराईले माइतीघरमा शुरु गरे सत्याग्रहकाठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई कपाल मुण्डन गरी काठमाडौंको माइतीघरमण्डलामा सत्याग्रहमा बसेका छन् । सिंहदरबारको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमाकाठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा अघि बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको क्षमता कोशी प्रदेशमा व्यावसायिक कफीखेतीकाठमाडौं । कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती शुरु गरिएका छन् । प्रदेशको दुईधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ भिजिट भिसामा कुवेत हिँडेका ४७ महिला भारतबाट फर्काइए ३ कोशी प्रदेशमा व्यावसायिक कफीखेती ४ रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु ५ संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता ६ गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी ७ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमाThe Film Nepal