एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ ।
‘वन बिग ब्यूटीफुल बिल’ नामक विधेयक २४ घण्टाभन्दा बढी समयसम्म चलेको बहसपछि उपराष्ट्रपति जेडी भान्सको निर्णायक मतले पारित भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अलास्काकी सिनेटर लिसा मुर्कोव्स्कीले गहन छलफलपछि विधेयकको समर्थन गरेरेपछि सिनेटमा मत परिणाम ५०÷५० भएको थियो । विधेयकको पक्ष र विपक्षमा भोट बराबरी भएपछि उपराष्ट्रपति जेडी भान्सको भोट निर्णायक बनेको हो ।
विधयेक पारित भएपछि ट्रम्पले विधयेक उत्कृष्ट रहेको दाबी दोहार्याएका छन । विधेयकले तत्लो सदनमा कडा विरोधको सामना गर्नुपर्ने सम्भावना छ । सामाजिक कार्यक्रमहरूमा खर्च कटौती गर्ने व्यवस्था समेटेसँगै यो विधेयक निकै विवादित बन्न पुगेको छ ।
राष्ट्रपति ट्रम्पले रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको कंग्रेसलाई अन्तिम विधेयकमा हस्ताक्षर गर्न आगामी जुलाई ४ सम्मको समयसीमा दिएका छन । राष्ट्रपतिबाट हस्ताक्षर भएपछि यो विधेयक कानून बन्नेछ ।