सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा आज र भोलि वीरेन्द्रनगरको सिटी हलमा दुई दिने वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला, २०८२ सञ्चालन हुने भएको हो ।
रोजगारको खोजीमा रहेकाहरुलाई उनीहरुको रुचि, सीप र क्षमताअनुसार वृत्ति विकासको मार्गदर्शन दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका उपसचिव सुवर्ण खड्काले जानकारी दिए ।
मेलाले रोजगारदाता र रोजगार खोज्ने व्यक्तिलाई एउटै ठाउँमा ल्याएर सहकार्यको अवसर प्रदान गर्ने, वृत्ति विकाससम्बन्धी परामर्श सेवा, सीपमूलक तालिमहरूको जानकारी र प्रदर्शनी, रोजगारदातासँग प्रत्यक्ष सम्पर्कको अवसर, कार्यस्थलमा आधारित निःशुल्क तालिमबारे जानकारी, स्थानीय उत्पादनहरूको प्रदर्शनी गरिने उपसचिव खड्काले बताए ।