गृहपृष्ठ ∕
खेल ∕
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ पाउने नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ पाउने
काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) हुने भएको छ । हिजो एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले प्रतियोगिताको बारेमा जानकारी दिएका हुन् ।
प्रतियोगिता असोज १५ देखि २४ गतेसम्म काठमाडाैँको तल्लो मूलपानी मैदानमा हुनेछ । सात टोलीको सहभागिता रहने प्रतियोगितामा कुल २४ खेल हुनेछ । प्रतियोगितामा सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन् । लिगको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।
‘स्ट्रिटदेखि स्टेडियमसम्म’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा सहभागिताको लागि टोली खरिद गर्नुपर्ने र खेलाडीको अक्सन हुनेछ । प्रतियोगिताको विजेता टोलीले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ११ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै एनएसपीएलले अभिनेता निखिल उप्रेतीलाई आफ्नो ब्राण्ड एम्बेसेडरको रूपमा घोषणा गरेको छ । उप्रेतीले ब्राण्ड एम्बेसेडरको रूपमा एनएसपिएलमा आबद्ध हुन पाउँदा खुशी र गर्व महसुस भएको बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न
काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार
काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ
काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे