Techie IT
२०८२ मंसीर १८, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालअवरुद्ध कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा

अवरुद्ध कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा


काठमाडौँ । आईतबार बिहानदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको छ ।

करिडोरअन्र्तगत गुल्मीको कालीगण्डकी गाउँपालिका–१ स्थित गरगरे र वार्ड नं–६ को बरल्वा गरी दुवै ठाउँमा सडक माथिबाट चट्टान सहितको ठूलो पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो । पहिरो डोजर र एक्साभेटरको माध्यमबाट पन्छाएसँगै मंगलबार अपरान्ह चार बजेदेखि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

सडक सञ्चालनमा आएपछि आईतबारदेखि करिडोर क्षेत्रमा दुवैतर्फ रोकिएका सम्पूर्ण सवारीका साधनहरु गन्तव्यतर्फ लागेका छन् । वर्षाका कारण दुवै स्थानमा चट्टान सहितको ठूलो पहिरो गएकाले पन्छाउन लामो सयम लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पहिरोका कारण कुनै पनि समयमा जोखिम उत्पन्न हुनसक्ने भन्दै स्थानीय पालिका र प्रशासनले सो क्षेत्रमा आवतजावत गर्नेहरुलाई सतर्कता अपनाएर मात्र यात्रामा निस्कन आग्रह गरेका छन् । वर्षात शुुरु भएसँगै कालिगण्डकी करिडोर पटक–पटक अवरुद्ध हुँदै आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT