Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा अघि बढेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेको कामका बारेमा स्थलगत जानकारी गराउदै विमानस्थल विस्तारको काम तीव्र गतिमा अघि बढेको र करिव अन्तिम चरणमा पुगेको जनाएको हो ।

धावनमार्ग जोड्न पूर्वतर्फ र पश्चिमतर्फ नयाँ ट्याक्सी वे निर्माण भइरहेको र यसका कारण रनवे क्षमता २५ प्रतिशतले बढ्ने अपेक्षा राखिएको छ । प्राधिकरणले विमानस्थल भित्र रहेको आयल निगमको डिपो हटाउनुपर्ने र डिपो नहटे समानान्तर ट्याक्सी वे निर्माण अवरुद्ध हुन सक्ने जनाएको छ ।

बुद्ध एयरको ह्यांगरको दक्षिण क्षेत्रमा दुई वटा ह्यांगर निर्माण हुने र उत्तरपट्टी नेपाल एयरलाइन्सको एउटा ह्यांगर निर्माण हुने बताइएको छ । त्यस्तै, अहिलेको स्थानमा रहेको नेपाल एयरलाईन्सको ह्यांगर र नेपाली सेनाको भिभिआइपी सारेपछि सोहि स्थानमा त्रिभुवन विमानस्थल विस्तार गुरुयोजना अन्तर्गत सुविधासम्पन्न दोस्रो अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण बन्ने योजना छ ।

दोस्रो अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले यसमा सरकारसंग थप छलफल गर्न आवश्यक भएको प्राधिकरणको भनाइ छ । नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण भएपछि अहिलेको अन्तर्राष्ट्रिय टर्मिनललाई आन्तरिक टर्मिनल बनाउने तयारी छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT