Techie IT
२०८२ साउन २२, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे


एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै जनाले अस्वीकार गरेका छन् ।

नेतान्याहुको यो प्रस्ताव लागू भएमा सेना प्रमुखले पदबाट राजीनामा गर्ने छन् । यो योजनाले अहिले रिहा हुन बाँकी रहेका बन्दीहरूको परिवारमा अझ बढी त्रास समेत छाउने अन्र्तराष्ट्रिय समुदायले उल्लेख गरेका छन् ।

५० मध्ये २० जना अझै रिहा हुन बाँकी रहेका छन् । इजरायल निकटस्थ धेरै देश पनि नेतान्याहुको प्रस्तावको विरुद्धमा रहने छन् । धेरै देशहरू युद्ध अन्त्य र गाजामा राहत वितरणको वातावरण सृजना गर्ने प्रयासमा लागिरहेका छन् ।

नेतान्याहुले यो प्रस्ताव राखेको एक दिन अघिमात्र इजरायलका दर्जनौँ पूर्व सैन्य अधिकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसामु युद्ध विरामका लागि प्रयास गर्न पत्र लेखेका थिए ।

यसरी पत्र लेख्ने मध्येका एक पूर्व गुप्तचर प्रमुख अमी आयलनले सेनको यसरी प्रयोग गरिनु दुर्भाग्यपूर्ण हुने बताएका छन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

एजेन्सी । रुसमा ४९ जना सवार एक बिमान दुर्घटना भएको छ । अंगारा एयरलाइन्सको एन–२४ विमान रुसको अमुर क्षेत्रबाट टाइन्डा

गाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्यु

एजेन्सी । गाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ साताका शिशु पनि रहेका

भारतका उपराष्ट्रपति जगदीप धनखरद्वारा पदबाट राजीनामा

एजेन्सी । भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र डाक्टरको सल्लाहअनुसार पदबाट राजीनामा दिने निर्णय गरेका छन् ।

गाजामा मानवीय सङ्कट गहिरिँदै, ईयूको ध्यान सहयोगमा केन्द्रित

एजेन्सी । युरोपेली युनियन (ईयू) का परराष्ट्र मन्त्रीहरूले गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

Techie IT